६ चैत,काठमाडौ। संवैधानिक परिषदलाई पूर्णता दिने विषयमा सरकारले आज छलफल गर्ने भएको छ । हिजो मन्त्रिपरिषद विस्तार भएपछि आज अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा संवैधानिक परिषद पनि गठन हुनेछ  । संवैधानिक परिषदमा प्रमुख तीन दलले सिफारिस गरेका तीनजना मन्त्री रहने गरि विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्रीले तोकेका फरक फरक दलका तीन मन्त्री रहने व्यवस्थालाई परिमार्जन गरि अन्तरिम मन्त्रीपरिषदले तोकेका मन्त्रीपरिषदका तीन सदस्य बनाइएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा, प्रधानन्यायाधीश र तीन मन्त्री सहितको पाँच सदस्यीय संवैधानिक परिषदले पूर्णता पाएपछि आजबाटै संवैधानिक नियुक्तिका विषयमा छलफल हुने बताइएको छ।