११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको नौ दलीय विपक्षी गठबन्धनले संविधान संसोधन विधेयकमाथिको छलफलमा अवरोध नगर्ने भएको छ ।

आज बसेको बैठकले संसदमा कुनै अवरोध नगर्ने निर्णय गरेको हो । विधयेक पास हुन नदिने अडानबाट भने पछि नहट्ने निर्णय बैठकले गरेको छ ।

यसअघि विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सभामुखसहित भएको छलफलमा अवरोध नगर्ने सहमति भएको थियो ।

अब केहीबेरमा संसदको बैठकमा संसोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गर्ने सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।