१२ फागुन, काठमाडौं।

संसद अवरोध हटाउनका लागि सभामुख ओनसरी घर्तीले पहल थालेकी छिन् । संविधान संसोधन विधयेकलाई कार्यसूचीमा राख्न नदिने प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी गठबन्धनको अडानका कारण संसद चल्न नसकेपछि सभामुख घर्तीले छलफल थालेकी हुन् ।

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेकी छिन् ।

संसद अवरोध हटाउने विषयमा सभामुखले आफ्नै कार्यकक्ष सिंहदरबारमा दुवै नेतालाई बोलाएर छलफल गरिरहेको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

संसोधन विधेयक संसदको कार्यसूचीमा राख्ने नराख्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएपछि संसद बैठक हिजो र अस्ति लगातार सूचना टाँसेर स्थगित गरिएको थियो । संसद बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।