९ जेठ, काठमाडौं ।

पटक पटक स्थगित हुँदै आएको संसद बैठक फेरी सरेको छ । ३ बजे बोलाइएको संद बैठक फेरी बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको हो । यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेलाई सारिएको थियो ।

३ बजे पनि बैठक बस्न नसकेपछि बैठक फेरी सूचना टाँसेर बेलुकी ५ बजेसम्मका लागि सारिएको छ । नेकपा एमालेले सांसदले बैठकमा अवरोध गर्ने बताएपछि संसद बैठक शुरु हुन सकेको छैन ।

एमालेले हिजो सरकारले स्थानीय तहको संख्या बढाउने गरी गरेको निर्णय फिर्ता लिनु पर्ने र फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने अडान राखेपछि संसद बैठक अझै शुरु हुन सकेको छैन । संसद बैठक चल्न नसकेमा प्रधानमन्त्रीको राजिनामा आउने सम्भावना पनि कम टर्नेछ ।