२५ असोज, काठमाडौं । अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई व्यबस्थापिका संसदले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

आज बसेको संसद बैठकमा जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले सो विधानलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेकी थिइन् ।

यसैगरी सदनको बैठकले व्यवस्थापिका–संसद् नियमावली १२७ को उपनियम एकलाई पनि बहुमतले निलम्बन गरेको छ ।
व्यवस्थापिका–संसद्को बैठकले भाषा आयोग विधेयक, २०७३ लाई यही असोज २७ गतेभित्र पारित गर्न आवश्यक भएकाले सो नियमावलीलाई बैठकले निलम्बन गरेको हो ।

निलम्बनसम्बन्धी सो प्रस्तावलाई बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गरेका थिए भने नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रेखा शर्माले समर्थन गरेकी थिइन्

यसैगरी, बैठकले “भाषा आयोगको विधेयक, २०७३ माथि विचार गरियोस” भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।