९ जेठ, काठमाडौं । अन्ततः व्यवस्थापिका संसदको बैठक भोली विहान ११ बजेसम्म स्थगित भएको छ ।

आज विहान ११ बजे बस्ने भनिएको बैठक पटक पटक सर्दै आएर अन्तिममा भोलीसम्मका लागि स्थगित भएको हो । दलहरुबीच सहमति हुन नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी एमालेलेस्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरुद्ध संसद चल्न नदिने बताएपछि बैठक स्थगित भएको हो ।