एजेन्सी ।

क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । चर्चित कम्युनिष्ट क्रान्तिकारी नेता क्याष्ट्रोको निधनले क्युवा शोकाकुल छ । क्युवाली कम्युनिष्ट क्रान्तिका महानयक फिडेल क्यास्ट्रो आफ्नो जीवनमा सुरक्षा यति चुस्त राख्थे कि उनलाई मार्ने थुप्रै प्रयास विफल भए ।

सरकारलाई दिएको समर्थन फिर्ता निर्णय हुँदै

क्यास्ट्रो कहाँ जान्छन् के गर्छन् भन्ने कुरा बाहिरि दुनियाँलाई कहिल्यै पनि थाहा हुँदैनथ्यो । काम सम्पन्न भएपछि मात्र उनका समाचार आउँथे ।

fidel-castro-life-1

उनका निकट सहयोगीले समेत क्यास्ट्रोका कैयौं रहस्य उनीसँगै मसानघाट पुगेको बताएका छन् । अमेरिकी गुप्तचर निकाय आइएसआइको निशानामा रहेको भनिएका क्यास्ट्रोको कार्यक्रममा तस्विर खिच्ने अनुमति पनि थिएन ।

फिडेल क्यास्ट्रोको जीवनमा नखुलेका १० रहस्य

१- क्यास्ट्रोको जन्मः
फिडेल क्यास्ट्रोको जन्मको विषयमा नै विवाद छ । केही दस्तावेजमा उनको जन्म सन् १९२६ मा भएको लेखिएको छ भने कतिपय दस्तावेजमा १९२७ मा भएको उल्लेख छ । क्यास्ट्रोबारे पुस्तक लेख्नेहरु समेत उनको जन्ममितिको विषयमा विभाजित छन् ।

fidel-castro-life-2

२. क्यास्ट्रोको नामः
क्यास्ट्रोको आधिकारिक नाम फिडेल एलेजान्द्रो थियो । उनले आफ्नो नाम परिवर्तन गरेका थिए । ब्राजिलकी अनुसन्धानकर्ता फारियाटीले कास्त्राको सुरुवाती दिनको दस्तावेजका अनुसार उनको वास्तविक नाम फिदेल हिपोलिटी रुज गोन्जालेज भएको दावी समेत गरेकी छिन् ।

३. क्यास्ट्रोको घरः
क्यास्ट्रो बस्नले घरलाई क्यूबेली गुप्तचर विभागले ‘जेरो पोइन्ट’ कोरुपमा चिन्त्थ्यो । क्यास्ट्रोको घरको विषयमा उनकी छोराकी पूर्व प्रेमिकाले भिडियो अमेरिकी ब्रोडकास्टरमा लिक गरेपछि मात्र संसारलाई थाहा भएको थियो । तर अधिकाँश विषयमा क्यास्ट्रोको घरबारे आजसम्म पनि रहस्य नै छ ।

fidel-castro-life-6

४. क्यास्ट्रोको सम्पत्तिः
फिडेल क्यास्ट्रोको सम्पत्ति बारे पनि विवाद छ । फोर्ब्स म्यागजिनले क्यास्ट्रोलाई पहिलो पटक सन् १९९७ मा आफ्नो सबैभन्दा धनी मानिसहरुको सूचीमा समावेश गरेको थियो । क्यास्ट्रोको सम्पत्तिको आंकलन ९० करोड डलर गरिएको थियो । तर क्यास्ट्रोले यसलाई झुटो भनेर खण्डन गरेका थिए ।

५. क्यास्ट्राको पहिरनः
सार्वजनिक कार्यक्रममा अधिकाँश समय सैन्य पोषाकमा देखिने क्यास्ट्रोले एक पटक भनेका थिए -युनिफर्म लगाउँदा टाई लगाउनुपर्ने झन्झट हुँदैन । सन् २००६ मा भएको शल्यक्रियापछि भने उनी ‘स्पोर्टी लुक’ मा देखिन थाले । अमेरिकाको टाइम पत्रिकाले सबैभन्दा खराब पहिरन लगाउने नेताको रुपमा क्यास्ट्रोको नाम प्रकाशित गरेको थियो ।

fidel-castro-life-5

६. क्यास्ट्राको पारिवारिक जीवनः
थुप्रै महिलासँग सम्बन्ध रहेको भनेर विवादमा परेका क्यास्ट्रोकी श्रीमती र बच्चाबच्चीबारे पनि अनेक किम्बदन्ती छन् । यद्यपी सन् २००९ मा प्रकाशित क्यास्ट्रोबारेको पुस्तक ‘विदाउट फिडेल’ नामक पुस्तकमा क्यास्ट्रोको कम्तीमा पनि ६ महिलासँगको सम्बन्धले ११ जना सन्तान रहेको उल्लेख छ । तीन फरक महिलाबाट फिडेलको एकै वर्ष तीन सन्तान जन्मिए । पश्चिमा सञ्चार माध्यमले क्यास्ट्रो कम्तिमा ३५ हजार महिलासँग सुतेको दावी गर्ने गर्छन् ।

fidel-castro-life-4

७. खेलसँग लगावः
नेताकोरुपमा क्रान्तिकारी फिडेल खेलप्रेमी थिए । क्यास्ट्रोलाई बेसबल मनपर्दथ्यो । यसका साथै उनी बास्केटबलमा पनि निकै रुची राख्दथे । जुनकुरा संसारले खासै थाहा पाएन ।

८. चुरोटको लतः
चुरोटका अम्मली फिडेल क्यास्ट्रोका लागि एक बडिगार्डका साथीले विशेषरुपमा चुरोट बनाएका थिए । चुरोटको नाम थियो– कोहिबा ब्रान्ड । ६० को दशकमा उनको लागि बनाइएको यो चुरोट पछि ब्रान्डको रुपमा स्थापित भयो । स्वास्थ्यका कारणले क्यास्ट्रोले सन् १९८५ पछि चुरोट पिउन छोडे ।

९. क्यास्ट्रोको गुड लकः
क्यास्ट्रोले आफूलाई खतरनाक भाग्यमानी ठान्थे । एक पटक क्यास्ट्रोले भनेका थिए, ‘ओलम्पिकमा ज्यानमारा आक्रमणबाट बच्ने कुनै प्रतियोगिता भए, मैले स्वर्ण पदक जित्थें ।’ उनीमाथि भएका आक्रमणप्रति लक्षित गरेर उनले यसो भनेका हुन् ।

१०. कलाकार क्यास्ट्रोः
क्यास्ट्रोको जीवनकालमा आधारित ४८ फिल्म र वृत्तचित्रमा बनेका छन् । क्यास्ट्रोले कम्तिमा – द होलिडे इन मेक्सिको (सन् १९४६) र द कमेडी इजी टु वेड (सन् १९४६) मा अभिनय गरेका थिए । तर आलोचकहरु भन्छन् न त उनी नृत्य गर्न सक्थे न गीत गाउन ।

fidel-castro-life-3

क्यास्ट्रो निधनमा अमेरिकामा खुसियाली

फुटबलर म्याराडोना फिडेल क्यास्ट्रोको निधनमा भावुक बन्दा