११ फागुन, काठमाडौं । नेकपा एमालेसहित विपक्षी गठबन्धनको बैठकले संविधान संसोधन विधयेक संसदमा पेश हुन नदिने निर्णय गरेको छ ।

एमाले संसदीय दलको बैठक लगत्तै बानेश्वरमा बसेको बिपक्षी नौ दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

जबरजस्ती संसदमा प्रक्रिया अघि बढाइए अवरोध गर्ने निर्णय बैठकले गरेको गठबन्धनका एक घटक नेपाल परिवार दलका अध्यक्ष एकनथा ढकालले बताए ।

यसअघि बसेको एमाले संसदीय दलको बैठकले पनि संसोधन अघि बढ्न नदिने निर्णय गरेको थियो ।