१४ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित नौ दलीय गठबन्धनले सरकारले संसदमा पेश गरेको संविधान संसोधन विधयेक पास हुन नदिने निर्णय गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसोधन पहिलाको भन्दा झन् खतरनाक ढंगले ल्याइएकाले कुनै हालतमा पास हुन नदिने निर्णय गरेको हो ।

प्रक्रियामा लैजानका लागि भने विपक्षी दलले कुनै अवरोध नगर्ने भएका छन् । संसोधन प्रस्ताव राष्ट्रहित विपरित रहेको भन्दै पास हुन नदिने निर्णय गरेको एमालेको भनाई छ ।