६ भदौ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी एमालेका कारण संविधान संसोधन विधेयक फेल भएको दाबी गरेको छ ।

आज बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले यस्तो निश्कर्ष निकालेको हो । राष्ट्रलाई एकतावद्ध पार्ने विधेयक फेल हुनु दुर्भाग्यपूर्ण भन्दै माओवादीले एमालेले असहयोग गरेकै कारण फेल भएको जिकिर गरेको हो ।

बैठकले बाढी पहिरो प्रभावितलाई तत्काल राहतर उद्दारको व्यवस्था मिलाउन माग पनि गरेको छ ।