७ फागुन, काठमाडाै‌ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कुनै हालतमा संविधान संसोधन विधयेक पास हुन नदिने बताएका छन् ।

फाइल फोटो

प्रेस चौतारी नेपालले आज जाजरकोटमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले त्यसलाई रोक्न आवश्यक परे बल समेत प्रयोग गरिने चेतावनी दिए ।

एमाले सहित प्रतिपक्षी गठबन्धनमा एक तिहाई सांसद रहेको बताउँदै रावलले भने, संसोधन पास हुन नदिन हामी सबै प्रकार शक्ति लगाउनेछौं ।

सरकार संविधान कार्यान्वयन गर्न असफल रहेको भन्दै नेता रावलले तत्काल चुनावको मिति तोक्न माग गरे । अबको केहि दिनमा पनि चुनावको मिति नतोके सरकारको औचित्य समाप्त हुने उनको भनाई थियो ।