२५ असार, काठमाडौ. । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संविधान संसोधन विधयेक पुनर्लेखन गर्नुपर्ने माग गरेको छ ।

हिजो र आज पार्टी केन्द्रीय कार्यालय तीनकुने काठमाडौंमा बसेको पार्टीको पदाधिकारी बैठकले अहिलेको संसोधन विधयेक अस्पष्ट र अधुरो रहेको भन्दै पुनर्लेखन गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

राष्ट्रिय समस्याहरुको समाधानका निम्ति वर्तमान परिस्थितिमा संविधान संशोधन गर्नुको अर्को कुनै विकल्प नरहेको फोरमको ठहर छ ।

स्थानीय तहको निर्वाचनमा सहभागिताको प्रयोजनाका लागि संसोधन प्रस्ताव ल्याइएको ठहर गर्दै फोरमले संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसमक्ष प्रस्तुत गरेका २६ बुँदे प्रस्तावका आधारमा संविधान संसोधन हुनुपर्ने तर्क अघि सारेको छ ।