१२, फागुन काठमाडौं । संविधान संसोधन विधेयकमाथिको छलफलमा प्रमुख विपक्षी नेकपा एमालेले भाग नलिने भएको छ ।

संसद बैठकमा बाेल्दै एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले संसदको अवरोध खुलाए पनि विधेयक राष्ट्रघाती भएकाले मौन रहने बतए ।

‘हामी आज एक दिनका लागि संसदमा अवरोध गर्दैनौं नेम्वाङले भने, तर छलफलमा भाग लिँदैनौं ।’

अहिले संसोधन भन्दा पनि संविधान कार्यान्वयनका लागि चुनावमा जानुपर्ने नेम्वाङको जोड थियो ।

‘हामी संसोधनको विपक्षमा अविचलित अडानमा छौं, प्रधानमन्त्रीजी पास भए ठिक छ नभए मान्दैनौं भन्नुहुन्छ, फेल भयो भने गम्भीर घटना घट्छ भन्नुहुन्छ,  अब हामी पास गराउन दिन्नौं के भन्नुहुन्छ ? प्रक्रिया के हुन्छ ? उनले प्रश्न गरे ।

सरकारले चुनावको मिति मात्रै तोकेर नहुने भन्दै आवश्यक कानुनहरु निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

स्थानीय चुनाव भएपछि यसले प्रदेश र केन्द्रीय संसदका लागि आधार तयार गर्ने भन्दै नेम्वाङले चुनावमा ध्यान केन्द्रित नगरे संविधान कार्यान्वयन हुन नसक्नेतर्फ सचेत गराए ।