६ भदौ, काठमाडौं ।

संविधान संसोधन विधेयक अस्वीकृत भएपछि भावी रणनीति तय गर्न राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज बस्ने भएको छ । संसदीय प्रक्रियाबाट प्राप्त परिणामबारे आज बस्ने राजपा नेपालको पदाधिकारी बैठकले आवश्यक समिक्षा गरि भावी रणनीत तय गर्नेछ ।

राजपाका नेताहरुले संसदीय प्रक्रिया स्वीकार गरेर असोज २ गते २ नम्वर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको चुनावमा जाने नजाने बिषयमा निर्णय गर्ने राजपाका नेता लक्ष्मणला कर्णले जानकारी दिए ।

व्यवस्थापिका संसदमा निर्णयार्थ पेश भएको संविधान संसोधन विधेयक अस्वीकृत भइसकेको छ । राजपाको पदाधिकारी बैठकले यस बिषयमा आधिकारिक निर्णय गर्ने नेता कर्णले बताए । संघीय समाजवादी फोरमले भने प्रमूख दलहरुको मिलेमतोमा संसोधन बिधेयक अस्वीकृत गरिएको आरोप लगाएको छ ।