२० मंसिर, काठमाडौं ।

प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संसोधनको प्रस्तावको विरोधलाई थप ससक्त तुल्याउने निर्णय गरेको छ ।

रञ्जित रेलाई देश निकाला गर्न मागः हेलो सरकारको जवाफ- प्रक्रिया अघि बढ्यो

सरकारले दर्ता गरेको एमालेकै शब्दमा ‘राष्ट्रघाती’ संसोधन प्रस्तावको विरोधमा शुरु भएको आन्दोलनलाई देशब्यापी बनाउने र संसदमापनि विरोधलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएका छन् ।

 

अध्यक्ष केपी शर्मा ओलीको निजी निवाश बाल्कोटमा आयोजित बैठकमा एमालेले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपतिकै अगाडि ओलीलाई देउवाले मिस्टर चुप भनेपछि….

आइतबार राष्ट्रपति भवन शितल निवाशमा आयोजित सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली कडारुपमा प्रस्तुत भएका थिए । सोही बैठकमा उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले ‘मिष्टर चुप…’ भन्दै बोल्दा बोल्दै रोकेको समेत समाचार प्रकाशित भएका छन् ।

sarbadaliya-baithak-at-shitalniwas

शितल निवाश चर्काचर्कीको एक दिनपछि ओलीले पार्टी बैठकमा झनै कठोर निर्णय गराएका हुन् । सरकारले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने निर्णय एमालेले यस अघि नै गरिसकेको छ ।

कानुनमन्त्रीको ओलीलाई खुल्ला चुनौतीः यसो भन्न सक्नु हुन्छ ?

एमालेको पछिल्लो निर्णयले संसोधन प्रस्तावका कारण सडक र सदन दुवै स्थलमा थप भिडन्तको अवस्था आउने निश्चित जस्तै देखिएको छ । यस अघि नै संसोधन प्रस्तावको विरोधमा प्रदेश नम्बर ५ का जिल्लाहरुमा तिव्र विरोध जारी छ ।