काठमाडौं, १० जेठ । सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली बिहीबार काठमाडौं फर्किएको छ । नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ।

सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरेकी छिन् । मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फुलमाला र टिकाले स्वागत गरेकी हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक आफ्नै साधानस्रोतमा सगरमाथाको उचाइ मापन गर्ने कार्य गरेको भन्दै यो सबैका लागि गौरवको कुरा भएको बताइन् । ुअहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन। विभिन्न देशहरूले विभिन्न समयमा गरेका थिएु, मन्त्री अर्यालले भनिन्, यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा गरेको छ। यो हामी सबैका निम्ती गौरवको कुरा हो ।ु मन्त्री अर्यालले आरोहणको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताइन् ।

गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती नापी विभागका प्रमुख नापी अधिकृत उपसचितव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको शुभकामना लिएर गएको टोलीलाई वैशाख २८ गते भूमिव्यवस्था मन्त्री अर्यालले सगरमाथाको आधार शिविर (बेसक्याम्प)मै पुगेर थप हौसला प्रदान गरेकी थीइन् ।
कार्यक्रममा सगरमाथा आरोहणका बारेमा जानकारी दिँदै टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले निकै कष्टपूर्ण तरिकाले राज्यले दिएको जिम्मेवारी पुरा गरेर फर्किएको बताए ।

जेठ ८ गतेका दिन बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो टोली १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरोमा मापन कार्य गरेर बिताएको जानकारी दिए। ुत्यहाँ हामीले पुगेर काम पनि गर्नुपर्ने थियो । त्यसैले त्यहाँ अब्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, जुन निकै गाह्रो काम पनि थियो’, उनले भने ।