२८ साउन, दुवई । संयुक्त अरब इमिरेट्स (युएई)का विदेश मामिला मन्त्री एन्वार गार्गासले कतार सङ्कट कतारका जनताको कारणले नभई कतार सरकारको गलत भूमिकाका कारणले उत्पन्न भएको बताएका छन ।

विदेश मन्त्री गार्गासले कतारको कुटनीतिक दरारका बारेमा ट्विटरमा “पश्चातापपूर्ण तर सुधार्न सकिने” लेखेका छन । उनले थेपेका छन, “राजनीतिक सङ्कट राजनीतिकज्ञहरुले नै समाधान गर्नु पर्दछ ।”

गत जुन पाँच तारिखका दिनदेखि तीन ओटा खाडी मुलुकहरु युएई, साउदी अरब र बहराइनसँगै इजिप्टले कतारसँगको सम्बन्ध विच्छेद गर्दै नाकाबन्दी गरेपछि कतारको कुटनीतिक सङ्कट उत्पन्न भएको हो ।

कतारले “आतङ्कवादीहरु”लाई सहयोग गरेको उनीहरुको आरोप छ । तर कतारले भने उनीहरुको आरोपलाई अस्विकार गरेको छ ।

कतार सङ्कट समाधानका लागि भन्दै कुवेत, बेलायत र जर्मनीले धेरै प्रयास पनि गरेका हुन्, तर अहिले सम्म उनीहरु सफल हुन सकेका छैनन । रासस/सिन्ह्वा