कुशल श्रेष्ठ

‘राधानाथ स्वामी’ (जन्मः सन् १९५० डिसेम्बर ७ जन्मनामः रिचार्ड स्लाभिन) अमेरिकी मूलका भारतीय समाजसेवी हुन्। करीब ४० वर्षदेखि उनी ‘भक्ति योगा’ र आध्यात्मवादका गुरु हुँदै आएका छन्। उनले मुम्बई शहरमा ‘भक्तिवेदान्त हस्पिटल’को पनि स्थापना गरे। उनको समाजसेवा विशेष गरी भारतमा लक्षित छ भने यूरोप र अमेरिकामा पनि उनले कैयौँ समाजसेवी काम गरेका छन्।Radhanath Swami

उनले आफ्नो यौवनकालमा थुप्रै धार्मिक पथहरूको अध्ययन गरे- यहूदी, क्रिश्चियन, इस्लाम र हिन्दु। हुन त ऊ आफै यहूदी परिवारमा जन्मिएका थिए र १९ वर्षको उमेरमा उनले यूरोप र मध्य-पूर्वीय देशहरूको भ्रमण गर्दै त्यहाँका संस्कारको बारेमा बुझ्ने मौका पाए। उनको लक्ष्य भारत थियो र त्यसको लागि उनले हिमालयमा करीब १ वर्ष जति ध्यान गरेर बिताए।

“सच्चा भक्त त्यो हो, जसले भगवानलाई जहाँ भएपनि जस्तो भएपनि चिन्न सक्दछ”

हिमालय बसाईको क्रममा, राधानाथ सँधै ‘नारायण प्रसाद’ नाम गरेका एक साधुसँग ‘मोहम्मद’लाई भेट्न जान्थे। मोहम्मद नारायणप्रसादका असल मित्र थिए।

यसरी हरेक दिन नारायण प्रसाद, जो सच्चा रामभक्त हिन्दु थिए; मोहम्मद- मुस्लिम र राधानाथ स्वामी- यहूदी एकैठाउँमा बसेर एक-अर्काको धर्म, परम्परा र संस्कृतिको बारेमा छलफल गर्ने गर्थे। साथै आफूले सिकेका कुराहरूलाई एक-आपसमा बाँड्ने गर्दथे।Krishna listening song from his devotee

नारायणप्रसादले गीता र रामायणबाट प्रसङ्ग उठाएर कुरा गर्थे भने मोहम्मदले कुरानबाट कुरा उठाउँथे। उनीहरूको छलफल एकदमै रोचक हुन्थ्यो, जहाँ एक-अर्काको धर्मविरुद्ध होइन कि समर्थनको कुरा हुन्थ्यो।

उनीहरूको यस्तो गहिरो मित्रता देखेर राधानाथ स्वामीले एक दिन नारायणप्रसादलाई सोधे- “हिन्दु र मुसलमानको बीचमा यस्तो हिंसा र घृणा पैदा भएको देशमा तपाईँहरू दुईजना कसरी साथी बन्न पुग्नुभयो? कसरी तपाईँहरूको बीचमा यस्तो गाढा मित्रता छ?”

त्यसपछि नारायणप्रसादले जवाफमा यसो भने-

“एउटा कुकुरले आफ्नो मालिकलाई जस्तो अवस्थामा पनि चिन्दछ। चाहे उसले टक्सिडो लगाएको होस्, या टि-सर्ट र जिन्स लगाएको होस्, अथवा नाङ्गै नै किन नहोस्। कुकुरले आफ्नो मालिकलाई जसरी पनि चिन्छ र माया गर्छ। त्यसै गरी, हाम्रो मालिक भगवान पनि फरक पहिचान लगाएर फरक समयमा फरक समुदायको बीच फरक ठाउँमा आउनुभयो र हामीले उहाँलाई चिन्न सकेनौँ भने हामी त्यो कुकुरभन्दा पनि नीचको हुनेछौँ र हामीले त्यो कुकुरबाट धेरै कुराहरू सिक्न सक्छौँ”
यो पनि हेर्नुहोस्-
गणेश भगवानको एउटा मात्रै दाँत छ, याद थियो? कसरी भयो हेर्नुहोस्
माता वैष्णोदेवीको सर्वाधिक प्रचलित कथा…
अन्धा पुरुष र हात्तीले बताए- धर्म के हो?
महाभारतको युद्ध हुनुमा कसको हात थियो? द्रौपदीको? कि अरू कसैको?