९ भदौ।

चर्चित बलिउड अभिनेता सञ्जय दत्तलाई फेरि एकचोटि जेलबाट बाहिर निस्कने मौका मिलेको छ। स्टेट एडमिनिस्ट्रेशनले सञ्जय दत्तको ३० दिनको तारिखको निवेदन स्वीकार गरिसकेको छ। उनले यो निवेदन जुन महिनामा नै पेश गरेका थिए, जसमा उनले आफ्नी छोरी ‘इकारा’को स्वास्थ्य स्थिति खराब भएको बताएका थिए। उनको छोरी नाकको अपरेशन गर्ने तयारी रहेको बताइन्छ।

Sanjay-Dutt (2)

२६ अगस्टमा पुनेका डिभिजनल कमिस्नरले सञ्जयको निवेदनलाई स्वीकार गरेपछि उनले ३० दिनको छुट्टी पाएका हुन।  मे २०१३ देखि २०१४ सम्म सञ्जयले ११८ दिन जेलबाहिर बिताइसकेका छन्

५६ वर्ष पुगिसकेका सञ्जयलाई सन् १९९३ मुम्बईमा भएको एक सिरियल ब्लास्टको बेला गैरकानूनी रूपमा हतियार राखेको आरोपमा ५ वर्षको जेल सजाय दिइएको थियो। यो घटनामा २५७ व्यक्तिको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए।

सजायको १८ महिना उनले पहिले नै जेलमा बिताएका थिए भने, बाँकी को ४२ महिना अवधिको लागि उनलाई सन् २०१३ मा पुनेको ‘यरवदा जेल’मा सरुवा गरिएको थियो।

एक रिपोर्टको अनुसार, यस वर्षको अन्तिमसम्ममा उनी जेलबाट बाहिर निस्कनेछन्।