११ वैशाख, धनकुटा । मूलघाट सडक खण्डमा आज बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन् ।

सङ्खुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को १ ख ४०७२ नंको पशुपति यातायात मूलघाट–च्याङ्च्याङ्बारीमा पर्ने जङ्गलभित्रको पाँच गोलाइमा दुर्घटना भएको जनाइएको छ ।

ब्रेकफेल भई अनियन्त्रित बस भित्तामा ठोकिएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घाइतेमध्ये १० जनाको स्थिति गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए ।