१ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको अवस्था सुधार गर्ने बारे सरकारका सचिवहरुसँग छलफल गरेका छन् । ब्यवस्थित ढल, बाटो विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन खनिएका सडकमा भेलले बगाएर नागरिकको ज्यानै गएपछि प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा भौतिक पूर्वाधार तथा यातायात, अर्थ, खानेपानी, उर्जा लगायत मन्त्रालयका सचिब, बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिशिङ, काठमाडौं उपत्यका नगर विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारी सहभागी छन् ।

प्रधानमन्त्री देउवाले सरोकारवालाका निकायका सचिवलाई निश्चित समय नै तोकेर त्यो अवधिभित्र काठमाडौ उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डी पुर्न, सडकमा भेल नआउने बनाउन निर्देशन दिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।