८ बैशाख, काठमाडौं । सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुकी बसेको बैठकमा संसदमा दर्ता भएको संविधान संसोधन विधयेक भाषा मिलाएर परिमार्जन सहित पारित गर्ने सहमति भएको हो ।

संसोधन विधयेकमा गरिने परिमार्जनका लागि दुबै पक्षका नेता सम्मिलित ४ सदस्यी कार्यदल गठन गरिएको छ । कार्यदलमा सत्तारुढका तर्फबाट

नेपाली काँग्रेसका नेता कृष्ण सिटौला र राप्रपाका नेता बुद्धिमान तामाङ छन् भने मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

कार्यदलले संसोधन विधयेकमा गरिने परिमार्जनका विषय टुंगो लगाउने र भोली दिउँसो २ बजे बस्ने बैठकमा सहमति गरिने उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले जानकारी दिए । मोर्चाका नेताहरुले पनि बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

भोली सहमति जुटेपछि मोर्चा पनि चुनावमा सहभागी हुने सरकारको दाबी छ  ।