सुमन मल्ल
४ बैशाख, मुगु । सदरमुकामबाट तीन घण्टा टाढा रहेको रुगा गाविसको सात र आठ नम्बर वडाका तीन गाँउका युवाहरू विगत तिन वर्षदेखी अज्ञात रोगका कारण हैरान भएका छन् ।
२० बर्षदेखी ४५ वर्षसम्मका युवालाई विगत पाँच बर्षदेखी जाडो महिनामा शरिरका हात खुट्टा र जोर्नी दुख्ने र लगातार दुखाईको समस्या तिन बर्षसम्म रहने र हात खुट्टा समेत नचल्ने पिडाले हैरान भएका छन् । हात खुट्टामा समस्या देखीएपछी ज्वरो पनि आउने र हात खुट्टा नै नचल्ने समस्या देखीएको छ । घरमै भैसीको गोबर दलेर घरेलु औषधी प्रयोग गर्दा पहिलेकै अवस्थामा आउने गरेको पाईएको वडा नम्बर सातका तीन बर्ष यही रोगबाट घरमै थला परेर घरेलु औषधी प्रयोग गरी सञ्चो भएका ३० बषीर्य गोम बहादुर बढुवाल बताउँछन् ।
प्रत्येक बर्ष हिउँदे सिजनबाट देखा पर्ने यो रोग एक पटक लागेको युवालाई अर्को पटक नलाग्ने गरेको छ । बुढापाकाले भने कुनै ब्यक्तिमा यो रोग देखा परेदेखी हाल सम्म कसैमा नछोएकाले युवाहरुमा मात्र देखा पर्नुका कारण आज भोलीका युवाले देवीदेवताप्रति विश्वास नर्गनुले देवताकै कारण यो रोग लाग्ने गरेको बताउँछन् ।
जिल्ला अस्पताल मुगुका डा. प्रवण भण्डारीले युवामा देखिएको यो रोग सेप्टिक आर्थराईटिक भएकाले यो समस्या देखा पर्न बित्तिकै उपचार गराउनु पर्ने र बालबालिका महिला पुरूष बृद्ध बृद्धामा यो रोग नदेखिनुको कारण त्यस क्षेत्रका युवाहरू बढी जंगली जनावरको शिकार तथा खोजीमा जाँदा जगंली जनावरबाट यो रोगको संक्रमण भएको हुनसक्ने बताए ।