३ असोज, काठमाडौं ।

नेपाली क्रिकेट टिमका लेग ब्रेक बलर सन्दीप लामिछाने क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका छन् ।

भोली पनि विदा ? गृहमन्त्रालयको सूचनाले झुक्कायो

केही समय अघि हङकङमा क्रिकेट खेल्दा अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर माइकल क्लार्कले सन्दिपलाई अष्ट्रेलिया बोलाएका थिए ।

क्लार्क सन्दिपको खेलबाट प्रभावित भएर अष्ट्रेलियामा खेलाउन तयार भएपछि लामिछाने हिँजो (आइतबार) अष्ट्रेलिया गएका हुन् ।

Sandip Lamichhane Aus with Michael Clarck

सन्दिपलाई रिसिभ गर्न माइकल क्लार्क आफै विमानस्थलमा पुगेका थिए । क्लार्क विमानस्थलमा उनलाई रिसिभ गर्न आउनुले नेपालका खेलाडीलाई उनले उच्च महत्व दिएको पुष्टी हुन्छ ।

भारतमा परमाणु आक्रमण गर्ने पाकिस्तानको चेतावनी

लामिछानेले क्लार्कको एकेडेमीमा अभ्यास गर्नेछन् । लामिछानेले ५ महिनासम्म क्लार्कको टिममा अभ्यास गर्नुका साथै उनकै टिमबाट केही खेल पनि खेल्नेछन् ।

लामिछानेको बलिङ शैली अष्ट्रेलियन खतरनाक बलर शेन वार्नको जस्तै रहेको भन्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले चर्चा गर्ने गरेका छन् । लामिछानेले विश्व क्रिकेट लिग डिभिजनको नेपालमैं भएको खेलमा नामबियाविरुद्ध खेलेका थिए । लामिछानेले नेपालको तर्फबाट लिस्ट एबाट चार खेल्दै चार विकेट लिएका छन् ।