८ असोज । काठमाडौं

नेपालबाट अष्ट्रेलियमा खेल्ने मौका पाएका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले पहिलो खेलमै सबैलाई आश्चर्यमा पारिदिएका छन् । माइकल क्लार्कको क्लब वेष्टर्न सबअर्बुसबाट पहिलो खेल खेल्ने क्रममा सन्दिपले ८ ओभर बलिङ गर्दै जम्मा १७ रन मात्र दिएर पहिलो खेलमै सबैलाई आश्चर्यमा पारिदिएका हुन् ।

अरु सिनियरले २ को औसतमा बलिङ गर्न नसके पनि १६ वर्ष मात्र पूरा भएका सन्दिपले किफायती बलिङ गर्दै सबैको ध्यान खिचेका हुन् ।

michal-clark-and-sandip-57ce9757dd9849.20101385

लामिछानेको बलिङले समेत काम गर्दा सबअब्र्सले मोसमनलाई ६ विकेटले पराजित पनि गर्यो । क्रिकेट अष्ट्रेलियाले नै लामिछानले सबैको ध्यान तानेको जनाएको छ । यसरी अष्ट्रेलियामा खेल्ने संयोग भने लामिछानेलाई गत मेमा हङकङमा क्लार्कसँगै खेलेपछि जुरेको थियो । उनको खेलबाट प्रभावित भएरै क्लार्कले उनलाई टिममा बोलाएका थिए ।

अष्ट्रेलियामा क्रिकेट खेल्न गए सन्दिप लामिछाने

नेपालबाट अष्ट्रेलियया जाने खर्च क्लार्कले नै बेहोरेका थिए । गत सोमबार अष्ट्रेलिया पुग्दा क्लार्क नै उनलाई लिन एयरपोर्टसम्म आएका थिए । आफैंले बोलाएका खेलाडीले राम्रो खेल्दा क्लार्लकले प्रसंशा गरेका छन् । भर्खरै टिममा आएका लामिछानेले अझै राम्रो गर्न सक्ने उनले बताएका छन् ।

सन्दिपले दुई ओभर बलिङमै पिचको अवस्था बुझेर पेश फरक गर्दै फरकफरक बलिङ गरेकोले लामिछानेको प्रसंशा भएको क्लार्कले बताउउन भुलेनन् । सन्दिपले पनि अष्ट्रेलियाको टी ट्वान्टी लीग बिग ब्यास खेल्नु आफ्नो सपना रहेको बताएका छन् । यो खेल अष्ट्रेलियाका ए टिमले खेल्ने प्रतियोगिता हो ।

सन्दिपलाई लिन माइकल क्लार्क आफै विमानस्थलमा