काठमाडौं, ३१ बैशाख । नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले महंगो बाइक खरिद गरेका छन् ।

इण्डियन प्रिमियर लिग (आइपीएल) सकेर काठमाडौं फर्किएको दुई दिनपछि सन्दिपले बाइक किनेका हुन् । उनले बीएम डब्लु कम्पनीको १० लाख रुपैयाँ मूल्य पर्ने बाइक खरिद गरेका हुन् । उनले आफूले नयाँ बाइक खरिद गरेको बारे ट्वीटरमा जानकारी सार्वजनिक गरेका छन् । उनले पिरवारमा एउटा नयाँ सदस्य थपियो भन्दै ट्वीट गरेका छन् ।

सन्दिपले आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्दै ६ खेलमा ८ विकेट लिएका थिए । उनको टिम प्लेअफबाट बाहिरिएपछि उनी काठमाडौं फर्किएका हुन् ।