काठमाडौं, ७ जेठ । नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाली क्रिकेटको विकासका लागि पहल गर्न भन्दै उनी अष्ट्रेलिया गएका हुन् ।

झण्डै तीन साता अष्ट्रेलियामा रहँदा उनले त्यहाँ नेपाली क्रिकेटरका लागि प्रशिक्षणको व्यवस्था मिलाउन समेत पहल गर्नेछन् । हालसालै इण्डियन प्रिमियर लिग (आइपीएल) खेलेर फर्किएका सन्दिप केही समय परिवारसँग बसेर अष्ट्रेलिया गएका हुन् ।

सन्दीपको यस भ्रमणबाट नेपाली क्रिकेटको विकासमा सहयोग पुग्ने नेपाली क्रिकेटका व्यवस्थापक रमन शिवाकोटीले बताए । सन्दीप आगामी जुन दोस्रो साता नेपाल फर्कनेछन् ।
सन्दिपले अष्ट्रेलियामा पनि मेलवर्न स्टार्सबाट विग बास लिग खेलेका थिए ।