१४ भदौ, काठमाडौं ।

दुई महिना अघि कोपा अमेरिकामा चिलीविरुद्ध पेनाल्टी मिस भएपछि उपाधि नै उम्किएपछि राष्ट्रिय टिमबाट सन्यास लिएको घोषणा गरेका मेसीले सन्न्यास फुकाए पनि उनलाई नराम्रो झट्का लागेको छ ।

मेस्सीको सन्यासः सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया (फिचर)

विश्वकप २०१८ को क्वालिफाइगंका दुई म्याच अघि मेसीले सन्यास फिर्ता लिए पनि बार्सिलोनाबाट खेल्दा घाइते भएपछि उनले उरुग्वे र भेनेजएलाविरुद्ध खेल्नेमा आशंका उत्पन्न भएको हो । ६ खेलबाट १० अंक जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । दक्षिण अमेरिकाबाट सिधै चार टोली विश्वकपका लागि छानिन्छन् भने एक टोलीले प्लेअफ खेल्नुपर्नेछ ।

barcelona messi la liga

आगामी शुक्रबार अर्जेन्टिनाले उरुग्वेको सामना गर्दै भने ६ सेप्टेम्बरमा भेनेजुएलासँग खेल्दैछ । यी दुई खेलपछि पनि अर्जेन्टिनाले विश्वकप छनोटमा अझै १० खेल खेल्न बाँकी छ । यसै खेल अघि मेसीले सन्यास फिर्ता लिए पनि एथलेटिको बिलबाओविरुद्धको खेलमा मेसी मेसीलाई ह्यास्ट्रिगं भएको बार्सिलोनाले पुष्टि गरेको छ । यद्यपी आगामी शुक्रबार खेल्न सक्ने वा नसक्नेमा उनको समस्यामा सुधारले अर्थ राख्ने उसले जनाएको छ । तर, मेसी स्पेनबाट अर्जेन्टिना पनि जानेछन् ।

मेस्सी लड्दा प्रेमिकालाई दुख्यो (फोटो फिचर)

विश्वकै फुटबल सुपरस्टार मेसीले एकाएक सन्यास लिएपछि फिर्ताको लागि चौतर्फी दबाब परेको थियो । सोही कारण उनले सन्यास फिर्ता लिंदै पुनः अर्जेन्टिनी जर्सीमा देखिने घोषणा गरेका हुन् ।