सन् २०१६ शुरु भएको छ । यो वर्ष धेरैका लागि राम्रो देखिन्छ । ज्योतिषीय दृष्टिले कतिपय राशिलाई असाध्यै राम्रो वर्ष बन्ने देखिन्छ वर्ष २०१६ । ब्यवसाय, नोकरी वा अन्य क्षेत्रमा पनि सफलता मिल्न सक्छ ।

कुन राशिका लागि कस्तो छ सन् २०१६

मेष-
मेष राशिका लागि जनवरी मार्च सम्मको समय शुभ छ । यो समयमा अधुरा काम पुरा हुन्छन् । परिवारमा माहौल तपाइँको अनुकुल रहन्छ । तर खासै नयाँ काम हुन सक्ने भने दखिँदैन ।

mesh rasi

तपाइँको इच्छा पुरा हुने समय छ । कार्यक्षेत्रमा अधिक जोश एवं सकारात्मक दिशामा कोशिस रहने देखन्छ । पति पत्निको सम्बन्ध राम्रो रहने योग छ । अट्किएका काम समेत पुरा हुन सक्छन् ।

वृष-
जनवरी देखि मार्च सम्मको समय खासै राम्रो छैन । यो समयमा काममा असफलता मिल्ने देखिन्छ । समस्यासँग जुध्नका लागि कोशिस समेत असफल हुने योग छ । उर्जाको कमी महसुस हुनेछ ।

brisha rasi

परिवारमा विवाद पनि आउन सक्छ । सवारी साधानले पनि समस्या दिन सक्छ । अन्तर्वार्ता आदिमा भने सफलता मिल्छ । परिवारमा विवाद बढ्ने योग छ । नोकरीमा सरुवाको डर सँधै रहने छ । मंगलबार जन्मिनेहरुका लागि भने शुभ हुन्छ । पुरानो समस्या समाधान हुन सक्छ ।

मिथुन-
मिथुन राशिका लागि जनवरी देखि मार्च सम्म स्वास्थ्यमा समस्या हुन सक्छ । आर्थिक अवस्था पनि तनावपूर्ण हुन सक्छ ।

mithun rasi

कसैलाई पनि चाहिने भन्दा बढी विश्वास गर्न नहुने समय छ । आफ्नो क्षमतामा ध्यान दिनुस् । कतिपय काम समस्या आफै हटेर जानेछन् । ब्यक्तिगत महत्वाकाक्षाँलाई लिएर तनाव हुन सक्छ । पति पत्निबीच भने सम्बन्ध राम्रो रहने छ ।

कर्कट-
जनवरी देखि मार्च सम्मको समय राम्रो छ । धन लाभ हुन सक्छ । पदोन्नतिको सम्भावना पनि छ । तनाव मुक्त रहनु हुनेछ । नोकरीमा फायदाको योग छ ।

Karkat rasi

पारिवारिक जीवनमा साथ पाउनु हुनेछ । नयाँ बस्तु खरिद गर्ने सम्भावना छ । मेहनतबाट फायदा मिल्ने छ । कमाइ र खर्च बराबरी जस्तै हुने योग छ । यात्राको पनि योग छ ।

सिंह-
जनवरी देखि मार्च सम्मको समय चिन्ता र तनाव अन्त्य गर्ने समय बन्न सक्छ । नयाँ काम शुरु हुने योग देखिन्छ । नयाँ योजनाले पनि गति पाउनेछन् । जिम्मेवारीलाई बुझेर समय अनुसार अघि बढ्नुस् ।

singha rasi

सन्तान र परिवारको विषयमा चिन्ताको कारण बन्न सक्छ । आर्थिकरुपमा यो वर्ष उतार चढावको वर्ष हुनेछ । कुनै कामको राम्रो नतिजाले केही राहत दिने योग छ । पुराना साथीभाइसँग समय वित्नेछ ।

कन्या-
जनवरी देखि मार्च सम्मको समय शुभ र राम्रो खवर दिने समय बन्ने देखिन्छ । साथी भाइ र आफन्तको सहयोग मिल्छ । खर्चमा नियन्त्रण राख्नुस् ।

kanya rasi

घर र अफिसमा तालमेल मिल्ने योग देखिन्छ । तपाइँका कामको प्रशंसा हुनेछ । राजकीय काममा सफलता मिल्ने योग छ । कुनै नातेदारको विषयमा शुभ समाचार आउने छ । यात्राको पनि योग देखिन्छ । धार्मिक काममा मन लाग्ने छ । भावनामा आएर निर्णय नलिनुस् ।

तुला-
जनवरी देखि मार्चकोबीचमा आय भन्दा बढी खर्च हुनेछ । मानसिक चिन्ता रहने छ । ब्यापारमा अवस्था सामान्य रहने छ ।

tula rasi

आर्थिकरुपमा उन्नती हुने योग छ । अड्किएका कुनै काम समेत बन्नेछन् । भाइ भाइमा भने विवाद हुने योग छ । पति पत्निको सम्बन्ध सुमधुर रहने छ । पारिवारिक विषयमा खुव चर्चा हुनेछ । मान सम्मान मिल्ने समय छ । नोकरीमा पनि पदोन्नतीको सम्भावना छ । अचानक यात्राको योग छ ।

वृश्चिक-
जनवरी देखि मार्च सम्म सक्रियताको अभाव रहनेछ । हतारमा कुनै पनि निर्णय नलिनुस् । कुनै पनि कामबाट परिणाम निकाल्न कठिन हुने छ ।

brisichik rasiसम्बन्धले नयाँ दिशा पाउनेछन् । सन्तानको गतिविधीले तनाव बढाउने समय छ । सुख शान्तिमा कमी हुने वर्ष देखिन्छ । थालेका काम पनि अधुरै रहने छन् । कुनै प्रिय बस्तु चोरी समेत हुन सक्छ । दुर्घटनाको समेत योग छ ।

धनु-
जनवरी देखि मार्च सम्मकोबीचमा कामको प्रशंसा पाइने छ । बचत हुने छ । उत्तम फल मिल्ने योग छ । घर परिवारमा सुख शान्तिको योग देखिन्छ । राजनीतिक फाइदा प्राप्त हुन सक्छ । साहस बढ्ने छ ।

dhanu rasi

यो समय नयाँ सफलता हात लाग्न सक्छ । अपरिचित ब्यक्तिसँग झगडा हुने योग छ सावधान रहनस् । कमाइ बढ्ने छ । कम्प्यूटर आदि किन्ने योग देखिन्छ । पतिपत्निबीचको सम्बन्ध राम्रो रहने छ ।

मकर-
जनवरी देखि मार्च सम्म नयाँ मान्छेसँग कुराकानी हुनेछ । पदाधिकारी वा राजनीतिक ब्यक्तिबाट सहयोग पाउने सम्भावना छ । धन कमाउने धुन र आत्मविश्वास बढाउने योग देखिन्छ । बाहिरबाट अशुभ समाचारको योग पनि रहेको छ ।

makar rasi

स्वास्थ्यमा ख्याल राख्नुस् । पुरानो पैसा समेत उठ्ने योग छ । सवारी साधान चलाउँदा ध्यान दिनुस् । दुर्घटनाको योग छ । चिन्ता कम हुने छ । अपरिचितसँग धेरै नजिक नहुनुस् ।

कुम्भ-
जनवरी देखि मार्च सम्मको समय उत्तम छ । नयाँ कामको योग छैन । तपाइँको मुड ठिक नरहने खतरा पनि छ । सम्पतिमा कब्जा गर्ने समय पर्न सक्छ । स्वास्थ्यमा ध्यान दिनुस् । रिश र बोलीमा नियन्त्रण गर्नुस ।

kumbha

बोलीकै कारण तपाइँलाई घाटा हुने योग छ । कुनै महत्वपूर्ण काम हातबाट फुस्किन सक्छ । कुनै प्रतियोगिता वा विभागीय नोकरीको परिणाम भने तपाइँको पक्षमा आउने देखिन्छ । कुनै पनि काम गर्दा निष्ठापूर्वक गर्नुस् ।

मीन-
जनवरी देखि मार्च सम्म राम्रो समय छ । यो समयमा जीवनमा सुख, शान्ति, धन वृद्धि, ऐश्वर्यको अधिकता रहने छ । आमा बाबुसँग सम्बन्धको समस्या हुन सक्छ । मन विचलित रहने छ ।

min rasi

ब्यापारमा मेहनत अनुसार फल नमिल्न पनि सक्छ । सार्वजनिक कामबाट प्रशंसा पाउने योग छ । नोकरी वा पेशामा सकारात्मक परिणाम मिल्ने छ । अफिसमा गाली खाने अवस्था आउन सक्छ । चापलुसी गर्नेसँग सावधान रहनुस् । दुर्घटनाको योग छ ।