८ मंसिर, एजेन्सी । नोस्ट्राडामसका भविश्यवाणी १६ औं शताब्दीदेखिनै सत्य हुदै आएका छन् । त्यसैले अहिले संसारभरका मानिस नास्त्रेदमशका किताव क्रिस्टल वाल्स हेर्न थालिसकेका छन् । nastre

सबैको उत्सुकता एउटै छ, आखिर आउने २०१७ का लागि के भविश्यवाणी गरेका छन् त उनले ? सन् २०१७ का लागि उनले यस्तो १० घोषणा गरेका छन् –

१) रूस र युक्रेनवीच शान्ति सम्झौता हुनेछ –नास्त्रेदमशका अनुसार सन् २०१७ को अन्त्यसम्ममा रूस र युक्रेनवीच शान्ति सम्झौता हुनेछ । जबकी अहिले त्यस्तो केही देखिदैन । उनी भन्छन् अमेरिकाले यो युद्धविरामको विरोध गर्नेछ, तर, जर्मन तथा युरोपियन युनियनले समर्थन गर्नेछ ।

२) चीनले ठूलो कदम उठाउनेछ – विश्वको आर्थिक विषमता हटाउन चीनले ठूलो कदम चाल्नेछ । जसको दूरगामी प्रभाव पार्नेछ । अर्का बाबा वांगाले पनि चीन विश्व शक्ति बन्ने घोषणा गरेका छन् । जबकी गत एक दशकको विकासलाई हेर्दा संसारकै ठूल्ठूला राजनीतिक विश्लेषकले पनि यसलाई स्वीकार गर्छन् ।

३) ल्याटिन अमेरिकामा राजनीतिक परिवर्तन – नास्त्रेदमशका अनुसार सन् २०१७ ल्याटिन अमेरिकाका लागि ठूला परिवर्तनको वर्ष हुनेछ । यस वर्ष कतिपय ल्याटिन अमेरिकी देश वामपंथी राजनीतिबाट मुक्त हुनेछन् । यसकारण यसक्षेत्रमा राजनीतिक र सामाजिक गतिरोध हुनेछन् ।

४) इटालीमा आर्थिक समस्या – ऋण र वेरोजगारीका कारण इटाली युरोपियन युनियनको आर्थीक समस्याको केन्द्र हुनेछ । अहिले इटालीका बैंक प्रणाली धेरै समस्यासंग जुधिरहेका छन् । यी बैंक असफल हुँदा जनतालाई ठूलो समस्या आइलाग्नेछ । इटालीका बैंकले १८ प्रतिशत ऋण अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । यो समस्यालाई पार लाउन इटालियन जनताका साथै युरोपियन युनियनले ठूलो सहयोग गर्नु पर्नेछ ।

नोस्ट्राडामसको भविष्यवाणी मिल्दैः यसै वर्ष तेश्रो विश्व युद्ध शुरु हुने ? (भिडियो सहित)

५) हराउने छ क्याउड कम्प्युटिङ – नास्त्रेदमशका अनुसार २०१७ मा क्याउड कम्प्युटिङबाट क्याउड हराउनेछ, किनभने सबै कम्पुटर सिस्टम क्लाउडमा परिवर्तित गरिनेछन् ।

६) अमेरिकी शक्ति कमजोर हुने – सन् २०१७ मा आजको विश्वमा सर्व शक्तिमान रहेको अमेरिका कमजोर हुनेछ । यहाँ वैचारिक ध्रुविकरण, राजनीतिक भ्रष्टाचारका कारण ठूलोस्तरमा सामाजिक विघटन हुनेछन् ।

७) ग्लोवल वार्मिङ विश्व समस्या – नास्त्रेदमशका अनुसार घट्दो संशाधन र बढ्दो ग्लोवल वार्मिंङले विश्व युद्धको स्थिती निम्तिन सक्छ । जबकी अहिले पनि विश्वलाई आतंकवाद र जैविक आक्रमणको खतरा रहेको छ ।

८) व्यापारिक उदेश्यले अन्तरिक्ष यात्रा – यस वर्षदेखि पृथ्वी बाहिर पनि व्यापारिक उदेश्यले यात्रा सुरु हुनेछन् । आगामी दुई वर्षमा धुमकेतु र चन्द्रमामा संशाधन र भातुका लागि उत्खनन् सुरु हुन सक्नेछ ।

९) सौर्य उर्जाको पूर्णरुपमा उपयोग – नास्त्रेदमशले २०१७ मा अन्तर्राष्ट्रिय उर्जा उत्पादनमा सार्य उर्जाले ठूलो हिस्सा ओगट्ने बताएका छन् । यसले आर्थिक तथा वाणिज्यको क्षेत्रमा ठूलो सहयोग पुग्नेछ र मौसम परिवर्तनको प्रभाव पनि कम हुनेछ ।

१०) उत्तर कोरिया र दक्षिण कोरिया एकिकरण – नास्त्रेदमशका अनुसार सन् २०१७ मा उत्तर कोरियाका शासक किम जोङ उनलाई सत्ताबाट हटाइनेछ । जवर्जस्ती हटाइका किम जोङ रूसमा शरण लिन जानेछन् र त्यसपछि उत्तर तथा दक्षिण कोरिया एकिकरण हुनेछ ।

यो पनि हेर्नुस्

बाबा भान्गाको भविष्यवाणी – ओबामा अमेरिकाका अन्तिम राष्ट्रपति

५००० वर्ष पहिले कृष्णले गरेका भविष्यवाणी हुँदैछन् सत्य सावित