sex ko chanaतपाइँहरू आफ्नो बेडरुममा भएको बेला यी कुराहरु भुलेर पनि नगर्नुहोस् । यदि यी कामहरू गर्नुभयो भने तपाइँको सेक्स लाइफनै खतरामा पर्न सक्दछ ।

१. बेलुकीको खाना धेरै ढिला खाने काम नगर्नुसः
यदि तपाइँ बेलुकीको खाना धेरै ढिला खाने गर्नुहुन्छ भने यसले तपाईंको तौल मात्र बढाउने नभै तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउँदछ । त्यसैले बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु आवश्यक छ । खाना खाएको दुई घण्टापछि मात्र पार्टनरसँग बेडमा जाने तरखर गर्नु राम्रो हुन्छ ।

२. बिदाको बेलामा धेरैबेर समय सम्म नसुत्नुसः
तपाइँ साताभरीको सबै निद्रा बिदाको दिन त होनि भनेर पुर्याउने कुरा सोच्नुहुन्छ भने यसो नगर्नुस । शनिबार धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुडमा शिथिलता ल्याउँदछ । बिदाको दिनमा धेरै समयसम्म सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्याले सताउनेछ । अरूबेला जति समयसम्म सुत्नुहुन्छ, त्यति समयमा नै उठ्ने प्रयास गर्नुहोस् यसो गर्नाले तपाइँलाइ फाइदा पुग्नेछ ।

३. पार्टनरसंग केही समय छुट्टै बस्नुहोसः
यदि तपाईं तथा तपाईंको पार्टनर एउटै अफिसमा काम गर्नेगर्नुहुन्छ र अफिसबाट पनि एकसाथ घर जानुहुन्छ भने केहि समयपछि तपाईंलाई बोर लाग्न सक्छ । यसका साथै सधैंभरि एकअर्काको साथमा नै हुनुहुन्छ भने त्यसले तपाइँलाइ असर पार्न सक्छ । यदि आफ्नो पार्टनरसँग सेक्सुयल इन्टिमेसी जगाउन चाहनुहुन्छ भने केहि समयको लागि एकअर्काबाट टाढा बस्नुहोस यसले गर्दा तपाईंले आफू फ्रेस भएको महसुस गर्नुहुनेछ र बेडरुममा तपाइँले केही राम्रो गर्न सक्नुहुन्छ ।

४. तपाईं पिल्स खानुहुन्छ ?
यदि तपाईं आफ्नो टाउको दुख्नासाथ औषधी खाने गर्नुहुन्छ भने एक सर्वेक्षणमा देखिए अनुसार हाइ ब्लड प्रेसर पिल्स र अरु साधारण औषधीहरुले सेक्सुयल डिजायर कम गर्ने गर्दछ । यसका साथै टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ । धेरैजसो महिलाहरुले गर्भ नरहोस् भनेर गर्भनिरोधक औषधीहरु दैनिक रूपमा खाने गरेको पाइन्छ । यदि तपाइँ बिरामी हुनुहुन्छ भने पिल्स खाँदा फरक पर्दैन तर पनि डाक्टरको सल्लाह अनुसार मात्र औषधी खाँदा राम्रो हुन्छ ।

५. निरन्तर व्यायाम नगरेमाः
हालै गरिएको अनुसन्धानहरूले देखाए अनुसार निरन्तर व्यायामका कारण तपाईंको सेक्स लाइफमा रौनकता थप्ने काम गर्दछ साथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । दैनिक व्यायाम गर्नुहोस वा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्नु भयो भने पनि यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन गर्नमा मद्दत गर्दछ । तर पनि अधिक व्यायाम भने राम्रो हैन ।

६. सुत्ने बेलामा समाचार पढ्ने गर्नुहुन्छः
यदि सुत्ने बेलामा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरु मोबाइल, टिभी अथवा अनलाईनमा पढ्नुहुन्छ भने यसले तपाईंको दिमागमा तनाव पैदा गर्दछ । जसले बेडमा सेक्सी फिल गर्न अलि गाह्रो हुन्छ । तनावले टेस्टोस्टेरोन लेभल घटाउँछ । यसले तपाईंलाई सेक्समा मन नगएको महसुस गराउँदछ । यसका साथै ल्यापटप र मोबाइलमा ध्यान दिनु भनेको आफ्नो पार्टनरमा मन नजानु पनि हो । सुत्नुअघि इन्टरनेटमा ब्राउजिङ्ग गर्नुभन्दा मनतातो पानीले नुहाउने वा रोमान्टिक गीतहरु सुन्दा राम्रो हुन्छ । यसका साथै सुत्नुअघि आफ्नो पार्टनरसँग कुरा गर्ने बानी बसालेमा पनि यसले एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँदछ ।

७. पोर्न फिल्म तपाईंको प्रेरणा हो भनेः
तपाइँले आफ्नो पार्टनरका साथमा बेडमा केहि वाइल्ड गर्नु भनेको राम्रै हो तर त्यसलाई साँचो र प्राकृतिक बनाउन पनि निकै जरुरी छ । पोर्न फिल्मले तपाईंलाई धेरै आशा गर्ने बानी बसालिदिन्छ । तपाइँले माया र आदर हराउन नदिनुहोस् ।
सेक्सको भरिपूर्ण आनन्द लिन आफूले हेरेका भिडियोभन्दा आफ्नै शैली प्रयोग गर्नुहोस् । यसका साथै दिनदिनै आत्मियताका लागि गरिने कार्यहरु जस्तै किसिङ्ग र अंगालोले बेहेर्ने जस्ता कार्य गर्नाले पनि तपाईंको पार्टनरलाई केहि रमाइलो गर्न मन हुन्छ ।

यी उपायहरू अबलम्बन गरेमा तपाइँको यौन जिवन सफल हुने कुरामा कुनै शंका छैन ।