६ कात्तिक, चितवन।

नेकपा (एमाले)की उपाध्यक्ष तथा प्रदेश नं ३ को संयोजक अष्टलक्ष्मी शाक्यले नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)को सहमतिमा लोकमानसिंह कार्कीलाई महाभियोग प्रस्ताव दर्ता गरेको बताएकी छिन् ।ashta-laxmi-shakya-414123919

नेकपा (एमाले) चितवनको नवौँ जिल्ला अधिवेशनको आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उनले सबैको सल्लाहमा प्रस्ताव दर्ता गरेकाले काँग्रेस र माओवादी केन्द्र यसबाट पछि हट्न नपाउने बताइन । नेपालमा कुनै पनि निरङ्कुश व्यवस्था लागू हुन नसक्ने उपाध्यक्ष शाक्यले बताइन ।

उनले संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताइन । बाह्य शक्तिको आडमा संविधान संशोधन हुनै नसक्ने उपाध्यक्ष शाक्यको भनाइ छ ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेको नेतृत्वमा मात्र देशको समृद्धि सम्भव भएको बताइन ।

भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । जसका लागि वर्तमान अध्यक्ष जगन्नाथ थपलिया र उपाध्यक्ष एवम् सांसद कृष्णभक्त पोख्रेलको समूह प्रतिस्पर्धामा उत्रिएका छन् । रासस