पृथ्वीमा भएका सबैभन्दा ठूला प्राणीमा मात्र होइन अन्य साना प्राणीहरुका अंग पनि तुलनात्मक रुपमा ठूला हुन्छन्। शरिरको आकारको तुलनामा कुनै अंग ठूलो वा सानो तय गरिन्छ। जीवीत प्राणीहरुमा सबैभन्दा ठूलो प्राणी ब्लू ह्वेलको जिब्रो २७०० किलो सम्म मापन गरिएको छ।

A model of a skeleton of a blue whale, the largest animal on earth.

ह्वेलको अस्थिपञ्जरको एक मोडल

  • ह्वेलले आफ्नो मुखमा ९० हजार किलोसम्म पानी वा खानेकुरा समाहित गर्न सक्छ।
  • ह्वेलको मुटुको तौल ६०० किलोको हुन्छ। र ९०० किलोसम्म पुग्न सक्छ।
  • मानवशरिरको सबैभन्दा ठूलो धमनी अओर्टा हो। ब्लू ह्वेलको अओर्टाको व्यास नै २३ सेन्टिमिटर (९.१ इन्च) हुन्छ।
  • ब्लू ह्वेलको लिङ्ग २.४ देखि ३ मिटर लम्बाइको हुन्छ।
  • सबैभन्दा लामो घाँटी जिराफको हुन्छ।
  • सबैभन्दा गह्रौ मस्तिष्क स्पर्म ह्वेलको हुन्छ। झण्डै ९ केजीको मस्तिष्क।

मानव शरिरको सबैभन्दा लामो हाडको नाम फिमर हो।

The femur is the longest bone in humans

मानव शरिरको सबैभन्दा लामो हाड, फिमर

  • सबैभन्दा लामो धमनी अओर्टा र सबैभन्दा ठूलो रक्त नली ‘इन्फेरिअर भेना काभा’ हो।
  • भित्रीअंगहरुमा सबैभन्दा ठूलो अंग कलेजो हो। यो सबैभन्दा गह्रौ अंग पनि हो। यसको तौल झण्डै १.६ केजी हुन्छ।
  • बाहिरीअंगमा सबैभन्दा ठूलो अंग हो, छाला।
  • सबैभन्दा लामो मसल्स साँप्राको ‘सार्टोरियस मसल्स’ हो।

रेकर्ड