७ साउन, एजेन्सी।

विश्वकै सबैभन्दा ठूलो पाइरेसी नेटवर्क तथा चर्चित फाइल सेयरिङ साइटका संस्थापक मानिएका व्यक्ति पोल्याण्डबाट पक्राउ परेका छन्। युक्रेनका नागरिक आर्टेम भउलिनलाई अमेरिकी सरकारले पोल्याण्डमा पक्राउ गरेको हो।kickass torrent 19596069

शिकागो स्थित अमेरिकी जिल्ला अदालतमा प्रतिलिपि अधिकार उल्लङ्घनको लागि जाल रचेको, कालो धन कमाएको, र प्रतिलिपि अधिकार उल्लंघनको दुइ मामलामा भउलिन विरुद्ध केश दर्ता गरिएको छ।

अमेरिकी अधिकारीहरुले भउलिनले कपीराइट सामग्री अनलाइनमा निशुल्क उपलब्ध गराई १ बलियन भन्दा बढी कपीराइट सामग्री अनलाइन वितरण गरिसकेको आरोप लगाएका छन्। अधिकारिहरुको अनुसार किकयास टोरेन्टस्(Kickass Torrents)को नामले चर्चित सो साइट महिनामा ५ करोड भन्दा बढी भिजिट हुदै आएको थियो।kickass torrent 2023279

किकयास टोरेन्स एक कमर्शिएल वेबसाइट हो। यसले कपीराइट भएका फिल्म, भिडियो गेम, टेलिभिजन प्रोग्राम, गित तथा अन्य डिजिटल सामग्री सन् २००८ देखि अवैधानिक तवर अनलाइन वितरण गर्दै आएको थियो।

वेबसाइट प्रमुख पोल्याण्डमा पक्राउ परेपछि सिकागोको फेडेरल कोर्टले किकयास टोरेन्टस्को डोमेन जफत गर्न आदेश दिएको छ।

बेवसाइटका प्रमुख समातिए पनि किकयास टोरेन्टस्को लागि भने यो अन्त्य नहुन सक्छ।
सन् २००९ मा ‘पाइरेट बे’का चार स्थापक समातिएका थिए, यो प्रयास पछि पनि अधिकारीहरुले ‘पाइरेट बे’ साइट भने बन्द गराउन भने सकेका छनैन्।

बिट टोरेन्टले पिएर-टु-पिएर फाइल ट्रान्सफर प्रोटोकल प्रयोग गर्छ। एउटा प्रयोगकर्ताले डाउनलोड गरिसकेको फाइलको प्रत्येक भाग अर्को प्रयोगकर्तामा ट्रान्सफर हुन सक्दछ। इन्टरनेटमा ठुलो फाइल सेयर गर्ने यो निकै चलनमा रहेको प्रोटोकल हो। कुल इन्टरनेट ट्राफिकको ७० प्रतिशत पिएर-टु-पिएर नेटवर्कले ओगट्ने अनुमान गरिन्छ।

अदालतको उजुरी पत्र अनुसार एप्पलले दिएको जानकारीमाअनुसन्धान गर्दा भउलिन पक्राउ परेका हुन। आइट्युन ट्रान्ज्याक्सनको लागि tirm@me ले प्रयोग गरेको 109.86.226.203 आइपी ठेगाना र सोही समय किकयासको फेसबुक एकाउन्ट लगइन भएपछि क्रस-जाँचमा उनको स्थान पत्ता लगाइ पक्राउ गरिएको थियो।