एजेन्सी । संसारका चर्चित खेलमध्ये सबैभन्दा बढि लोकप्रिय खेल हो फुटबल । विश्वभर फुटबलका ३.५ अर्ब भन्दा बढि फ्यानहरु रहेका छन् । यीमध्ये धेरैका लागी फुटबल खेल मात्र नभएर परम्परासमेत बनिसकेको छ ।

प्रमुख व्यवसायिक खेलाडीले अन्य खेलाडीभन्दा धेरै नै पैसा कमाउछन् । विश्वमा सबैभन्दा धनी फुटवल खेलाडी युरोपमा छन् । स्पेन, इटली, जर्मनी, र फ्रान्सलाई खेलाडीहरुको सबैभन्दा ठूलो केन्द्र मानिन्छ । यी सबै खेलाडओ आफ्नै खुबी र प्रतिस्पर्धी भावले अगाडि आउन सफल भएका हुन् । यहाँ विश्वकै १० धनी फुटबल खेलाडी बारे चर्चा गरिएको छ।
१. क्रिष्टियानो रोनाल्डो
रियल म्याड्रिडका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले वार्षिक ३२ मिलीयन युरो भन्दा बढि कमाउछन् । २०१५ को तथ्यांकअनुसार उनले हालसम्म २३० मिलीयन डलर कमाईसकेका छन् । पोर्चुगल राष्ट्रिय टिमका कप्तान समेत रहेका रोनाल्डो सबैभन्दा महंगा खेलाडीभित्र पर्दछन् । साथै उनले मोटोरोला, नाइकलगायतका चर्चित ब्रान्डको विज्ञापनबाट पनि पैसा कमाउछन् ।
२. लियोनल मेसी
फुटबलका ‘लेजेन्ड’ भनेर चिनिने अर्जेन्टिनाका चर्चित खेलाडी लियोनल मेसी बार्सिलोना फुटबल क्लबको लागी खेल्दछन् । मेसीलाई नचिन्ने सायदै होलान। उनको १२ महिनाको आम्दानी ६५ मिलीयन डलर भन्दा बढि रहेको छ । उनले विज्ञापन खेलेवापत २८ मिलीयन डलर कमाउछन् । उनले हालसम्म २१८ मिलीयन डलर भन्दा बढि कमाइसकेका छन् ।

३. नेयमार
ब्राजिल राष्ट्रिय टिमका क्याप्टेनसमेत रहेका नेयमार स्पानिस फुटबल क्लब बार्सिलोनाको तर्फबाट खेल्दछन् । नेयमार सदा र सबैका प्रिय खेलाडी हुन् । २०१५ को फोर्ब्स म्यागाजिनले सार्बजनिक गरेको तथ्यांक अनुसार उनको वार्षिक कमाई ५७. २ मिलीयन युरो रहेको छ । नेयमार महंगा खेलाडीमध्ये पाचौं स्थानमा पर्दछन् । उनले हालसम्म बोनससहित १३६ मिलीयन युरो कमाईसकेका छन् ।
४.ज्ल्तान इव्राहिमोभिक
यी स्विडेनका व्यवसायिक फुटबल खेलाडी रहेका स्विडेन राष्ट्रिय टिमका कप्तान हुन् । ज्ल्तानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीको तर्फबाट खेल्छन् । उनको वार्षिक आम्दमनी २४.९मिलीयन युरो रहेको छ । यीनले हालसम्म १०६ मिलीयन युरो कमाईसकेका छन् ।

५. याने रोने
याने रोने प्रतीभाशाली तथा चर्चित व्यवसायिक इंगलीस फुटवल खेलाडी हुन् । रोने ईन्लीस राष्ट्रिय टिमका क्याप्टेनसमेत हुन् र म्यान्चेस्टर युनाइटेडका खेलाडी । यीनको वार्षिक २७.८ मिलीयन युरो कमाउछन् । रोनेले हालसम्म ११२ मिलीयन युरो कमाईसकेका छन् ।

६.काका
व्राजिलीयन व्यवसायिक खेलाडी काकाले अमेरिकन प्रमुख लिगको तर्फबाट खेल्दछन् । यीनले रियल म्याड्रिडमा हुदा धेरै कमाएका थिए । यी पनि सबैभन्दा महंगा खेलाडी मध्ये पर्दछन् । यिनको तलब ८.२ मिलीयन डलर रहेको छ । काकाले हालसम्म जम्मा ९७ मिलीयन युरो कमाएका छन् ।
७. स्याम्यअल एटो-क्यामरुनका फुटबल खेलाडी स्यामुअललाई स्ट्राइकर भनेर पनि चिनिन्छ । यिनलाई सबैभन्दा चर्चित अफ्रिकन खेलाडी मानिन्छन् । महंगा खेलाडी भित्र पर्ने यिनले वार्षिक २५ मिलियन युरो कमाउछन् भने जम्मा ९५ मिलीयन युरो कमाईसकेका छन् ।
८. राउल –स्पेनका व्यवसायिक फुटबल खेलाडी राउलले १६ वर्षकासम्म रियल म्याड्रिडका तर्फबाट खेलेका छन् । उनी सबैभन्दा बढि ३२३ गोल बनाउने खेलाडी हुन् । यिनले हालसम्म ९३ मिलीयन डलर आम्दानी गरेका छन् ।
९. रोनाल्डिनो ब्राजिलीयन लिजेन्ड भनेर चिनीने यी खेलाडी मेक्सीकन क्लबको तर्फबाट खेल्दछन् । रोनाल्डिनोले फिफा कप खेलाडी २००४ र २००५ जितेका थिए । ९७ खेल खेलेका यिनले ३३ वटा गोल गरेका छन् । यिनको हालसम्मको कुल आम्दानी ९०.५ मिलीयन डलर रहेको छ ।
10. फ्र्यांक ल्याम्पार्ड- इंग्लीस फुटबल खेलाडी रहेका यीनले म्यान्चेस्टर सिटीको तर्फबाट खेल्दछन् । यी खेलाडी चेलेसासंग थिए भने सदैब गोल गर्नमा साथ दिन सिपालुको रुपमा चिनिन्छन् । ल्याम्पार्डले हालसम्म जम्मा ८० मिलीयन डलर कमाइसकेका छन् ।