कुशल श्रेष्ठ

लागूपदार्थ विज्ञहरूका अनुसार, सबैभन्दा बढि लत लगाउने ड्रगहरूमा ‘हेरोइन’, कोकेन’ र ‘निकोटिन’ पर्दछ भने त्यसपछाडि ‘बार्बिच्यूरेट्स’ र ‘रक्सी’ पर्दछ। कुन लागूपदार्थले कस्तो लत लगाउँछ भन्ने कुरा मानिसको शरीर र समाजमा यसले कस्तो प्रभाव पार्छ भन्नेले निर्धारण गर्दछ।

उदाहरणको लागि, अनुसन्धानकर्ताहरूले सुरुमा कुनै पनि लागूपदार्थले मानिसको दिमागमा कस्तो असर गर्छ भनेर जाँच गर्छन् र त्यसपश्चात उक्त ड्रगको बजार मूल्य कति छ अनि त्यसले कति आनन्द दिन्छ भनेर जाँच गर्छन्।

१. हेरोइन

जनावरमा गरेको एक परीक्षणबाट, हेरोइनले दिमागको डोपामिन लेभल २०० प्रतिशतले बढाउँदछ भन्ने पत्ता लागेको थियो। यसरी डोपामिनको मात्रा ह्वात्तै बढ्नाले हेरोइनको नशाबाट सजिलै बाहिर आउन सकिँदैन। शरीरको मांशपेसीलाई निष्क्रिय बनाई आनन्द पैदा गराउने स्नायूसूचक तत्व नै डोपामिन हो।

हेरोइनलाई सबैभन्दा खतरनाक लागूपदार्थ पनि मानिन्छ, किनभने यसको केवल ५ डोजले पनि मृत्यु गराउन सक्दछ।

२. कोकेन

कोकेनले दिमागको डोपामिन सिस्टमलाई प्रत्यक्ष असर पुर्याउँदछ, जसले स्नायूलाई डोपामिन सङ्केत बन्द गराउनबाट रोक्दछ र दिमागको आनन्द हुने स्नायूलाई असाधारण तरिकाले सक्रिय गराउँदछ।Cocaine

जनावरमा गरिएको एक ल्याब परीक्षणबाट, कोकेनले दिमागको डोपामिन लेभललाई साधारणभन्दा ५ गुणा बढि बढाउने देखिएको थियो।

३. निकोटिन

सुर्तीमा पाइने मूख्य तत्व ‘निकोटिन’लाई फोक्सोले चाँडै कब्जा गरी दिमागमा पुर्याउँदछ।Tobacco Leaves

एउटा चुरोटमा करीब २ मिलीग्राम निकोटिन पाइन्छ, जुन त्यति धेर डोज होइन र यत्ति डोजले शरीरमा एकैछिनको लागि ऊर्जा पैदा गराउँदछ। तर हाइ डोज (५० देखि १०० मिलीग्राम)ले शरीरको काम गर्न सक्ने क्षमतालाई एकछिनको लागि बन्द गरिदिन्छ। यसको ऊर्जा पैदा गराउने तत्वलाई ‘स्टिमुलेण्ट’ (Stimulant) भनिन्छ र यसैको कारण नै चुरोटको लत शक्तिशाली हुने हुन्छ।

४. बार्बिच्यूरेट्स

सुरुका दिनहरूमा यसलाई तनाव र थकानको औषधीको रूपमा प्रयोग गरिन्थ्यो भने कतिपयले निन्द्रा लगाउनको लागि पनि यसको सेवन गर्ने गर्थे। बार्बिच्यूरेट्सले दिमागको रसायनिक सूचना सिस्टमलाई प्रभाव पार्दछ र दिमागका केहि भागहरूलाई अस्थायी रूपमा निष्क्रिय बनाइदिन्छ।Barbiturates

थोरै डोजले निन्द्रा लगाउने गर्दछ भने धेरै डोज खतरनाक मानिन्छ किनभने यसले सास रोकिदिने समस्या ल्याउँदछ।

५. रक्सी

संसारभरि नै पाइने लागूपदार्थ, रक्सीले दिमागको डोपामिन लेभललाई ४० देखि ३६० प्रतिशत सम्म बढाउने जनावर परीक्षणबाट देखिएको थियो। जति धेरै रक्सी पियो, डोपामिन लेभल पनि उत्ति नै बढ्ने उक्त परीक्षणबाट देखिएको थियो।

‘पब्लिक हेल्थ इङ्ग्ल्याण्ड’को अनुमानको अनुसार विश्वभरीमा लगभग १ करोड मानिसहरूले आफ्नो स्वास्थ्यको ख्याल नै नगरी रक्सी पिउँछन् भने लगभग १६ लाख व्यक्तिहरू रक्सीमा पूर्ण निर्भर हुने देखिएको छ।

यो पनि हेर्नुहोस्-
हाम्रो शरीरमा विभिन्न लागूपदार्थको असर कति समयसम्म रहिरहन्छ?
के तपाईँलाई पोर्न भिडियो हेर्ने लत लागेको छ?
तपाईँको चोरऔँला लामो छ कि छोटो? शरीरका अङ्गले बताउने यी ७ कुरा
निन्द्रा लगाउने औषधी खानै पर्छ र? नखाँदा के हुन्छ?