८ फागुन, डडेल्धुरा।

सन् २००५ को ‘आशिक बनाया आपने’ फिल्मबाट डेब्यु गरेकी नायिका तनुश्री दत्ता लामो समय बलिउडबाट गायब रहिन।

सन् २०१० को ‘रामा: द सेवियर’ पछि उनका अन्य फिल्म आएका छैनन। ‘डीप डार्क सीक्रेट्स’, ‘ढोल’ र ‘गुड ब्वाय ब्याड ब्वाय’ जस्ता फिल्ममा काम गरिसकेकी उनमा अहिले निकै बदलाव आएको देखिन्छ।

आशिक बनाय आपने फिल्मबाट बोल्ड छवी बनाउनु पूर्वनै तनुश्रीले सन् २००४ मा मिस इन्डियाको ताज जितेकी थिइन। उनले बलिउड इन्ट्री लिइन अनि चाडै बिदावादी पनि भइन। उनी अविवाहित नै छिन्।