एजेन्सी ।

बलिउड फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय नायकको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानलाई मिस्टर पर्फेक्ट्निस्टको नामले पनि चिनिन्छन् । आमिर आफैमा अभिनेता, निर्देशक, पटकथा लेखक, गायक र प्रोडक्सन संस्थापक पनि हुन् ।  आमिरका बाहिर नआएका केही रोचक तथ्य यस्ता छन् ।

१. आमिरले फिल्मी क्षेत्रमा पाइला टेकेपछि २० वर्षको उमेरमा पहिलो पटक अनस्क्रिन किसिङ सिन दिएका थिए । सन् १९८४ मा फिल्म होलीको लागी उनले उक्त दृश्य दिएका थिए । जुन दृश्य एकदमै भद्दा देखिन्थ्यो ।

२. आमिरले मागअनुसार तिन हप्तामै १३ किलो तौल घटाएर सबैलाई चकित पारेका थिए । उनी आफ्नो तौल शुटिङको क्रममा ९५ केजी बाट ८२ केजी तौलमा झार्न सफल भएका थिए । यसको रोचक कारण भने उनले गरेको काम, सुत्ने र खाने समय तालीका रहेको बताएका थिए ।

३. आमिरलाई सामाजिक कार्यमा रुचि राख्छन् । आमिर दयालु कलाकारको सुचिमा पर्छन् भने केहि समयअघि उनले प्रोजेरिया नामक रोगबाट पिडित निहाल विट्लालाई भेटि उपचारमा सघाएका थिए । त्यसपछि उनले सामाजिक सञ्जाल फेसवुकमा टिम निहाल नामक फेसवुक पेज समेत बनाए । हाल उक्त पेजमा रोगले ग्रसित अन्य व्यक्ति पनि सामेल छन् ।

४. आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालीकासंग समेत खासै घुलमिल हुदैनथे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटा भन्दा केटी साथिसंग बढी घुलमिल हुन्थे ।

५. सन् २००१ मा भएको अक्षय कुमार र ट्विंकल खन्नाको विवाहमा आमिर भिडियोग्राफर बनेका थिए । आमिर र ट्विंकल दुवैले सन् २००० मा फिल्म मेलामा संगै अभिनय गरेका थिए ।

६. टिभि कार्यक्रम ‘बडे अच्छे लग्ते हे’ बाट चर्चा कमाएकी साक्षि तन्वार फिल्म दंगलमा आमिरको अनस्क्रिन पत्नि बनेकी छिन् ।

७. खबरका अनुसार बहुचर्चित हलिउड अभिनेत्री एम्मा वाट्सनले बनाउन लागेको बलिउड वायोपिकमा आमिर क्राईम रिपोर्टर बन्नेछन् । तर एम्मा र आमिर दुवै संगै देखा पर्ने छैनन् ।

८. सानोमा आमिरलाई रिना नामकी युवतीले मन पराउथिन् र दुवैले कसैलाई जानकारी नदिकन लुकेर विवाह गरेका थिए । विहेको १५ वर्षपछि उनले तलाक दिदै सम्बन्ध विच्छेद गरेका थिए । त्यसपछि उनले दोस्रो विवाह किरण रावसंग गरे ।

९. अमिरलाई चेस र टेनिस खेल एकदमै मन पर्छ । आफु फिट रहनको लागी भने ब्याडमिन्टन् खेल्ने गर्छन् ।

१०. आमिर काम गरिरहेको बेलामा कहिल्यै घडि हेर्दैनन् ।

यो पढ्नुस्

आमिर खान गायब !

आमिरकी छोरीको हट फोटोसुट

सलमानले छोडेको ६ फिल्म शाहरुख र आमिरले बनाए ब्लकबस्टर

शाहरुखको प्रेममा पागल थिइन् आमिरकी छोरी !

फेरी एक पटक आश्चर्यमा पार्दै आमिर