धर्म र अध्यात्म जीवन उपयोगी हुन्छन्। तर गलत बुझाइले धर्मबाट कुनै लाभ लिन सकिदैन। धर्म त केवल धारण गर्नको लागि हुन्छ, अनुशरण गर्नेको लागि हुन्छ। धार्मिक ग्रन्थको अध्ययन अनि आध्यात्मिक गफले धार्मिक भइदैन। बरु पढेका कुरा जीवनमा उपयोग गरि सकारात्मक परिवर्तन ल्याउनु धार्मिक हुनु हो। मानिसको गलत बुझाइको फाइदा उठाउँदै राता रात स्वामी अनि माता बन्ने व्यक्तिहरुले झनै धर्मको निन्दा गर्दैछन्।

आगोले पोल्छ, सो आगोको धर्म हो। रिस उठ्दा आफु सहित अन्यलाई हानी हुन्छ। यो बुझेर जीवन जीउनु धर्म हो। अन्य र आफुलाई लाभ हुने कार्य गर्नु धर्म हो। सत्य बोल्नु, लागुपदार्थ प्रयोग नगर्नु, व्यभिचार नगर्नु, लोभ नगर्नु धर्म हो। ध्यान गर्नु धर्म हो। किनकी ध्यानले धर्मको बाटो देखाउँछ, जीवनमा उपयोगी के, अनि गर्न नहुने के बताउँछ। असली धर्म चिनौ। तपाईको जीवनमा सकारात्मक प्रभाव पार्दैन भने त्यो कदापी धर्म हुन सक्दैन।


साइबाबालाई नचिन्ने को होला र? छोटकरीमा भन्नुपर्दा, साइबाबा भारतका सबैभन्दा प्रचलित स्वामी तथा आध्यात्मिक गुरु हुन्। संसार भरिमा साइबाबाका करीब ३ करोड भक्तहरू छन्। नेपालमै पनि उनका लाखौँ भक्तहरू छन्, जसले साइबाबालाई आफ्नो गुरु मानेर पुजा पनि गर्छन्। उनले समाजको लागि धेरै परोपकारी कामहरू पनि गरेका छन्।

तथापी, सन् १९९० लगतै मानिसहरूले साइबाबालाई यौन दुर्व्यवहारको आरोप लगाउँदै आइरहेका छन्। बीबीसी क्यानेडाले साइबाबाका राम्रो तथा नराम्रो दुवै कामहरूलाई उजागर गर्दै एक वृत्तचित्र पनि तयार पारेका थिए। उक्त वृत्तचित्रलाई थुप्रै देशहरूले टेलिभिजन मार्फत प्रदर्शन पनि गरेका थिए।Satya Saibaba

बिबिसीमा अनुसन्धानकर्ताहरूले ‘सत्य साइबाबा’का साथै ‘आशाराम बापु’, ‘स्वामी निथ्यानन्द’को पनि गम्भीर अनुसन्धान गरेका थिए।

सत्य साइबाबा-

बिबिसीको एक अनुसन्धान अनुसार, सत्य साइबाबाले कैयौँ युवकहरूलाई यौन दुर्व्यवहार गर्ने गर्दथे र उनीहरूलाई ‘दर्शन’को नाममा शारीरिक तथा मानसिक यातना पनि दिने गर्दथे। सत्य साइबाबाको बारेमा बिबिसीले बनाएको वृत्तचित्रको भिडियो हेर्नुहोस्-

आशाराम बापु-

स्वतः स्वामी बनेका आशारामले आफ्ना युवती भक्तहरूलाई आश्रममा आएको बेला बलात्कार गरेर शारीरिक तथा मानसिक यातना दिने गर्दथे, र यसैले गर्दा उनि पक्राउमा पनि परेका थिए। आशाराम मात्रै हैन, उनको छोरा पनि यस्तै आरोपमा पक्राउ परेका थिए। त्यतिमात्रै होइन, आशारामलाई अमेरिकी कम्पनीहरूमा लगानी गरेको र अधिकारहरूलाई घुस दिएको मामलामा मुद्दा पनि परेको थियो।Asaram Bapu

स्वामी निथ्यानन्द-

यस्तै गरी, अर्का स्वतः स्वामी बनेका निथ्यानन्दले आफ्नो आश्रममा महिलाहरूलाई जानीजानी बेहोस गराएर बलात्कार गरेको आरोपमा उनलाई जेल पनि हालिएको थियो।Swami Nithyanand

रामपाल-

हरयानाका एक स्वतः स्वामी बनेका रामपालले पनि महिलाहरूलाई बेहोस गराएर बलात्कार गरेको आरोपमा उनलाई पञ्जाब र हरयानाका सर्वोच्च अदालतले जमानत गर्न नमिल्ने गरि जेल हालेका थिए।Rampal

राधे माँ-

एक परिवारलाई दाइजो माग गर्नको लागि भड्काएको मुद्दापछि राधे माँ अर्थात ‘जस्विन्दर कौर’ले सामाजिक सञ्जालहरूमा तहल्का मच्चाएका थिए। उनले मिनिस्कर्ट लगाएर अश्लील तस्विरहरू खिचेर सामाजिक सञ्जालमा राखेका पनि थिए। यसका साथै, मुम्बईका वकीलहरूले उनलाई झुटो स्वामी, जसले आफ्ना भक्तहरूलाई चुम्बन र अङ्काल गर्न प्रोत्साहन गरेको भन्दै अदालतमा मुद्दा हालेका थिए।Radhe Maa

व्यक्तिमा खोट हुदैन भन्ने हैन, गल्ति मानिसले नै गर्ने हो। तर गल्ती गरेसंगै सच्चिन तिन लागिएन भने संसारको कुनै ‘धार्मिक संप्रदाय’ ले धार्मिक बनाउन सक्दैन। आफ्ना गल्ती सुधार्न तिर लागौ, त्यसैमा स्वयं अनि अन्यको भलो हुन्छ।