८ साउन, काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले संगठन सुधारका लागि तीनवटा बुँदामा सुझाव दिन प्रहरी डीआईजीलाई निर्देशन दिएका छन् ।

आज सिंहदरबारस्थीत गृहमन्त्रालयमा सबै डीआईजीलाइ बोलाएर गृहमन्त्री कार्यसम्पादन मूल्यांकन, वृत्ति विकास र सरुवा क्यालेन्डर सम्बन्धमा लिखित रुपमा योजना बुझाउन निर्देशन दिएका हुन् ।

हेर्नुस याे पनि: प्रहरीप्रति गृहमन्त्रीको गुनासो र अाक्राेस (हेर्नुस भिडियो)

त्यस्तै संघीय प्रहरीको सम्बन्धमा केन्द्रको संरचनाका साथै संघीय संरचनामा कस्तो हुन सक्छ भने बिषयमा पनि लिखित राय दिन पनि गृहमन्त्रीले निर्देशन दिएका छन् ।