९ साउन ,काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले कांग्रेस र माओवादीबीच सात बुँदे सहमति सभामुख ओनसरी घर्ती निवासमा भएको खुलासा गरेका छन् ।उनले गत वैशाख २२ गते राती सभामुख निवासमा काग्रेस र माओवादीको बीचमा सात बुँदे सहमति भएको दावी गरेका हुन् ।

फाइल तस्बिर

फाइल तस्बिर

नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँगको संवादमा ओलीले कांग्रेसँग सात बुँदे सहमति भएपछि त्यसको पर्सी पल्टबाट भद्र सहमति भएको भन्दै प्रचण्डले निहुँ खोज्न थालेको बताए ।

सरकारको नेतृत्वबाट मलाई हटाउने एक प्रकारको भाका देखियो । एउटै भाकामा गीत आउन थाले । भद्र सहमति भएको भए कि त हस्ताक्षर हुन्थ्यो, उनले भने । सरकारलाई कमजोर बनाउने र अपठ्यारो पार्ने चैत्रबाट नै सुरु भएको बताउदै उनले कुन शक्तिको के उदेश्य कस्ता छन भन्ने २१ औ शताब्दी छर्लङ भै सकेको बताए ।