११ जेठ, एजेन्सी ।

ताइवानको सबैभन्दा उच्च अदालतले समलिंगीहरुको विवाहको पक्षमा फैसला सुनाएको छ । योसँगै एसियामा समलिंगीहरुलाई विवाह गर्न मञ्जुरी दिने पहिलो देश बनेको छ ताइवान । ताइवानको विद्यमान कानुनले खाली महिला र पुरुषबीच मात्रै विवाह हुन सक्ने अनुमति दिँदै आएको छ ।

तर, अब अदालतले यसको संवैधानिकतालाई चुनौती दिँदै यो फैसला आएको छ । उच्च अदालतले बुधबार यो महत्वपूर्ण फैसला सुनाइएको छ । अदालतले आफ्नो फैसलामा भनेको छ, ‘एकै लिंगका व्यक्तिको विवाहप्रति विद्यमान प्रतिबन्ध, संविधान विरुद्ध छ ।’ यो फैसलापछि संसदले नयाँ कानुनका लागि बाटो बनाउँनु पर्नेछ । तर, संसद यस मुद्दामा कहासम्म पुग्छ अहिलेसम्म तय भइसकेको छैन ।

ताइवानका समलिंगी समुदायलाई मुलुकको व्यवस्थापिका संसदले विवाहको विद्यमान कानुनमा परिवर्तन ल्याउने आशा राखेका छन् । यदि यस्तो भएमा, समलिंगी जोडीलाई पनि अन्य जोडीले जस्तै धर्मपुत्री तथा धर्मपुत्र राख्ने, सम्पति र अन्य मुद्दामा समान अधिकार प्राप्त हुनेछ ।