६ असोज, गौशाला । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सम्सी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका फारुक शेख र उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव विजयी भएका छन ।

सम्सी गाउँपालिकामा माओवादी केन्द्रका फारुक शेखले दुई हजार ३४८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन । त्यस्तै, उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव एक हजार ८८७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत पाण्डेले बताए ।

त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदमा संघीय समाजवादी फोरम नेपालका रामनाथ यादव दुई हजार २४४ र उपाध्यक्ष पदमा सोही पार्टीकी सुनिता देवीले एक हजार ५५२ मत प्राप्त गरेका थिए ।