२६ भदौ, काठमाडौं ।

सरकारले आज पाँचौ पटक मन्त्री परिषद् विस्तार गरिसकेपछि निर्वाचन आयोगले मुख खोलेको छ । आयोगले विज्ञप्ती निकालेर भनेको छ, मन्त्री परिषद्् विस्तार आचार संहिता विपरित भयो ।

सरकारलाई भदौ १५ गते नै सरकारलाई ७ बुँदे निर्देशन जारी गरिसकेको भन्दै आयोगले मन्त्री परिषद् विस्तारले मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनको स्वच्छता, निश्पक्षता र स्वतन्त्रतामाथि असर गर्न सक्ने बताएको छ ।

आयोगले यस्ता किसिमका कार्य नगर्न नगराउन सरकारलाई सचेत पनि गराएको छ ।

हेर्नुस आयोगको विज्ञप्ती :