१३ पुस, काठमाडौं । बिजय गच्छेदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले संविधान संशोधनका क्रममा आफ्ना माग बेवास्ता गरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

प्राधिकरणका तीन सञ्चालकलाई तत्काल नहटाउन सर्वाेच्चको आदेश

संविधान संशोधन गर्ने क्रममा कैलाली, कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा तथा झापा मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा राख्नुपर्ने फोरम लोकतान्त्रिकले माग राखेको छ । सोहि अनुसार संविधान संशोधन बिधेयक परिमार्जन नभए सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष रामजनम चौधरीले बताए ।

भारतको दबाबमा संयुक्त सैन्यअभ्यासबाट नेपाल पछि हट्यो !

हिजोदेखि शुरु पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा अधिकांश सदस्यले पार्टीको माग सुनुवाई नभए सरकारलाइ दिएको समर्थन फिर्ता गर्न नेतृत्वलाई दबाब दिएका छन् ।