२३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएर सरकारमा जाने भएको छ ।
विहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने अधिकाँश सदस्यले गठबन्धनमा सहभागी

हुनुपर्ने पक्षमा धारणा राखेको सहायक प्रवक्ता राजाराम वर्तौलाले जानकारी दिए ।  काँग्रेससँग छलफल गर्ने भन्दै बैठक विचमै स्थगित भएको छ । काँग्रेससँग सरकारमा सहभागिता र चुनावमा जाँदा पाउने सिट संख्याबारे छलफल गरेपछि दिउँसो फेरि कार्यसम्पादन समितिको बैठक बसेर औपचारिक निर्णय गर्ने तयारी छ ।

विहानको बैठकमा बोल्ने नेताहरु राजिव पराजुली, बुद्धिमान तामाङ, भुवन पाठक, जयन्त चन्द लगाएतले लोकतान्त्रिक गठबन्धनमा सहभागी भएर चुनावमा जानुपर्ने पक्षमा धारणा राखेको सहायक प्रवक्ता बर्ताैलाले बताए ।

उनका अनुसार सरकारमा सहभागिताको विषय भने काँग्रेसको निर्णयमा भर पर्नेछ । सरकारमा सहभागी हुन राप्रपाले उपप्रधानसहित ५ मन्त्रालय दाबी गरेको स्रोतले जनाएको छ ।