२४ पुस, काठमाडौं।
प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले अघि बढाउन खोजेको संविधान संसोधनसम्बन्धी विधेयक अघि बढाउन नदिने निर्णय गरको छ । आज बसेको संसदीय दलको बैठकले संविधान संसोधनसम्बन्धी विधयेक असंवैधानिक रहेको भन्दै संसोधन विधेयक फिर्ता नलिएसम्म बैठक चल्न नदिने निर्णय गरेको हो ।

फाइल तस्बिर

फाइल तस्बिर

एमालेको स्थायी समितिको बैठकले पनि हिजो अवैधानिक रहेको भन्दै संसोधन प्रस्ताव टेबल हुनै नदिने निर्णय गरेको थियो । आफूहरुले राख्दै आएको अडानलाई व्याख्या हुने गरी अदालतले निर्णय गरेको भन्दै एमालेले विधेयक फिर्ता लिन माग गर्दै आएको छ ।

सर्वोच्च अदालतले संविधान संसोधन प्रस्ताव अघि बढाउन प्रक्रिया रोक्न नपर्ने फैसला सुनाए पनि सँगै सीमांकन हेरफेरको विषय प्रदेशसभाले मात्र गर्न सक्ने फैसला सुनाएको थियो ।

एमालेसहित विपक्षी ९ दलको आज बिहान बसेको बैठकले आजको बैठक पनि चल्न नदिने निर्णय गरेको हो ।

यो पढ्नुस्।

संसद बैठक आधा घण्टाकोलागि स्थगित