२७ वैशाख, काठमाडौं।
नेकपा एमालेले दोलखामा भएको कार्यकर्ता हत्याको घटनामा संलग्न सबैलाई गिरफ्तार गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

एमाले प्रचार बिभागले बुधबार काठमाडौमा गरेको पत्रकार सम्मेलनमा एमाले सचिव प्रदिप ज्ञवालीले एमाले नेतृत्वको ९ दलिय गठबन्धनले प्रधानमन्त्रीसमक्ष २४ घण्टाभित्र दोलखाका घटनाका दोषीलाई गिरफ्तार गर्न अल्टिमेटम दिएको बताए ।

निर्वाचन जसरी पनि सम्पन्न गर्नुपर्छ भन्ने अभियानका लागेको एमालेको कार्यकतामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै उनले एमालेको धैर्यलाई कमजोरी नठान्न चेतावनी दिए । उनले सरकारको नेतत्व गर्ने पार्टी राज्य संरक्षित गुण्डागर्दीमा उत्रदाँ यसले भयावह अवस्था आउन सक्नेतर्फ सचेत समेत गरे ।