२ असार, काठमाडौं ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउनका लागि भन्दै सरकारले प्रदेश नम्बर २ को निर्वाचको मिति सारेको प्रति आपत्ति जनाएको छ ।

अध्यक्ष बैद्यले विज्ञप्ती निकालेर सरकारले राजपालाई सन्तुष्ट तुल्याउनका लागि २ नं. प्रदेशको निर्वाचन ३ महिना पर सारेर विचित्र प्रकारको नौटंकी मञ्चन गरेको उल्लेख गरेका छन् ।

यसबाट एकातिर स्वयम् राजपाभित्रकै कतिपय घटक सन्तुष्ट नदेखिएको र अर्कोतिर सरकारको अस्थिर चिन्तन एवम् कार्यशैलीप्रति आम जनतामा तीव्र आक्रोश पैदा भएको बैद्य माओवादीको भनाई छ ।

बैद्य माओवादीले सबैको अधिकारका लागि संविधानको संशोधन नभई यसलाई खारेज गरी आन्तरिक तथा बाह्य सबैखाले षड्यन्त्र एवम् हस्तक्षेपका विरुद्ध वर्गीय मुक्ति तथा पहिचानसहितको संघीयतामा आधारित जनगणतान्त्रिक संविधानको निर्माण गर्न माग गरेको छ ।