८ फागुन, काठमाडौ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार कै कारण समयमा नै निर्वाचन हुनेमा आशंका पैदा भएको बताएका छन् ।

फाइल तस्बिर

नेकपा एमाले पेशागत बिशेष जिल्ला कमिटिले आइतबार काठमाडौमा गरेको कार्यक्रममा उनले सरकारले नै बिभिन्न बहाना गरि निर्वाचन नगर्ने खेलमा लागेको आरोप समेत लगाए ।

उनले छिटो भन्दा छिटो निर्वाचनको मिति घोषणा गर्दे समयमा नै सबै निर्वाचन गराउनुपर्नेमा पनि जोड दिए ।

फरक प्रसंगमा अध्यक्ष ओलीले सरकारलाई टिकाउने नाममा सासंद पदको किनबेच हुनु दुखद भएको धारणा राखे ।

अध्यक्ष ओलीले मुलुकको विकासका लागी निर्वाचनको बिकल्प नभएको बताए । उनले भाषा स्थानियकरण र संम्पदा संरक्षणको आवश्यकतामा चर्चा पनि गरे ।

यो पढ्नुस्।

कमल थापाभन्दा कोमल वली माथि !